युट्युबबाट ७५ लाख क्षतिपूर्ति माग्ने व्यक्तिलाई अदालतले तोकिदियो २५ हजार जरिवाना
भारतको सर्वोच्च अदालतले शुक्रबार युट्युबबाट ७५ लाख क्षतिपूर्ति माग गर्ने याचिकाकर्तालाई २५ हजार जरिवाना तोकेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्च अदालतले याचिकालाई ‘निराधार’ भन्दै खारेज गरेको छ ।
मध्यप्रदेशका यी व्यक्तिले युट्युबमा आउने विज्ञापनले आफ्नो ध्यान विचलित पारेको र त्यही कारणले प्रतिस्पर्धात्मक परीक्षा पास गर्न नसकेको निवेदनमा उल्लेख गरेका थिए ।
न्यायाधिश एसके कौल र एएस ओकाको इजलासले भन्यो, ‘तपाईं इन्टरनेटमा विज्ञापन देख्नुभयो र त्यसले तपाईंलाई विचलित पार्यो र परीक्षा पास गर्न सक्नुभएन भनेर क्षतिपूर्ति खोज्दै हुनुहुन्छ ?’
‘यो धारा ३२ अन्तर्गतको सबैभन्दा आधारहीन याचिकाहरू मध्ये एक हो ... त्यस्ता याचिकाहरूले अदालतको समय मात्र बर्बाद गर्दछ,’ बेन्चले भन्यो ।
निवेदकले सामाजिक सञ्जालमा नग्नतामाथि प्रतिबन्ध लगाउन पनि माग गरेका थिए । इजलासले निवेदकले परीक्षाको तयारीका लागि युट्युब प्रयोग गरिरहेका थिए जहाँ उनले अश्लील विज्ञापन देखेका थिए । बेन्चले भन्यो, ‘यदि तपाईंलाई विज्ञापनहरू मन पर्दैन भने, नहेर्नुहोस् ।’
यसअघि अदालतले निवेदकलाई एक लाख जरिवाना तोकेको थियो । पछि निवेदकले जरिवाना हटाउन माग गरेपछि अदालतले २५ हजार रुपैयाँ तिर्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र क्रोएसियाबिच खेल २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण