बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आइटमका लागि हट बनिन् ऋतिका

मङ्गलबार, १८ पुस २०७४, ११ : ३८
मङ्गलबार, १८ पुस २०७४

काठमाडौं – गायिका तथा मोडल ऋतिका जिरेल आइटम नम्बर लिएर आएकी छन् । ‘पोखरा घुम्नलाई जाउँ, कोही भन्छन् नगरकोट’बोलको गीत लिएर आएकी ऋतिका यतिखेर चर्चामा छिन् । आफ्नै स्वर रहेको यस गीतको भिडियोमा ऋतिकाले हट डान्स गरेकी छन् । भिडियोमा ऋतिकाले सुरज प्रजापतिसँग रोमान्स गरेकी छन् ।
यस भिडियो सार्वजनिक पछि ऋतिकाले आफूलाई स्वर र अभिनयमा मात्र नभएर डान्समा पनि अब्बल देखाएकी छन् । भिडियोमा ऋतिकाको जादुमय डान्स र उनको सेक्सीलयले दर्शक तथा श्रोता पक्कै लठ्ठ हुनेछन् ।
भिडियोमा ऋतिका र सुरजका अलावा यारोन, सुप्रिम र रोहनको पनि डान्स रहेको छ । अस्मित नापितको शब्दमा रहेको यस गीतमा राम कार्कीको संगीत रहेको छ भने यस भिडियोलाई अजय रेग्मीले खिचेका हुन् । भिडियोको निर्देशन भने शिवान पोखरेलले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप