शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जबर्जस्ती सम्बन्ध बनाउँदैनन् सर्प, नयाँ अनुसन्धानपछि दशकौँ पुरानो विश्वास गलत साबित

बिहीबार, २९ मङ्सिर २०७९, १३ : ३२
बिहीबार, २९ मङ्सिर २०७९

सर्पमा शरीरमा दुई हिस्सामा बाँडिएको जिब्रो तपाईंले देख्नुभएको होला । तर यसबाहेक अर्को एउटा अंग हुन्छ जुन उनीहरुको जिब्रोजस्तै विभाजन हुने गर्छ । भाले सर्पमा उनीहरुको जिब्रोजस्तै यौनाङ्ग हुन्छ जसलाई हेमिपेनेस भनिन्छ । यो गुलाबी रङको क्याक्टसको बोटजस्तो हुन्छ जसमाथि धेरै काँडा निस्कन्छन् । यसको अर्थ यो होइन कि भाले सर्पले यसमार्फत् नै पोथी सर्पलाई प्रजननका लागि प्रभावित वा सन्तुष्ट गर्न सक्छ । पोथीको शरीरमा पनि नयाँ अंगबारे पत्ता लगाइएको छ ।

वैज्ञानिकले हालै पोथी सर्पको शरीरमा हिमोक्लिटोसि भेटेको छ । पोथी सर्पको क्लिटोरिस पनि उनीहरुको जिब्रोजस्तै दुई भागमा विभाजित हुन्छ । अब यो खुलासापछि भाले सर्पले सम्बन्ध स्थापित गर्नका लागि पोथीसँग जबरजस्ती गर्छ भन्ने धारणा गलत साबित भएको छ । यसको अर्थ यो हो कि सर्प जब प्रजनन प्रक्रियामा समावेश हुन्छ, तब उनीहरु एक–अर्कालाई उत्तेजित गर्ने प्रयास गरिरहन्छन् ।

अनुसन्धान गर्ने वैज्ञानिकले पत्ता लगाएका छन् कि यो यतिमात्रै कामका लागि प्रयोग हुन्छ, यसमा इरेक्टाइल टिस्यू हुन्छन् जसमा हज्जारौँ नर्भ्स हुन्छन् । यसमार्फत् के पत्ता लाग्छ भने यसले पुनर्उत्पादनमा मद्दत गर्छ । यो कुनै बेकारको अंग (भेस्टिजियल अंग) होइन । पोथी सर्पको क्लिटोरिस सक्रिय छ र यसले त्यहि काम गर्छ जसले अन्य पोथी जीवको शरीरमा गर्छ । त्यसैले सर्पबीच स्थापित हुने सम्बन्ध जबर्जस्ती हुन्छ भन्ने धारणा यहाँ पूर्ण रुपमा गलत साबित भएको छ ।

अष्ट्रेलियास्थित युनिभर्सिटी अफ एडिलेडकी अनुुसन्धाता मेगन फोलवेलका अनुसार सर्पले एक–अर्कालाई सेड्युस गर्छ । स्टिमुलेट गर्छ । यस्तो हुन सक्छ कि भालेले यसै अंगको प्रयोग गरेर पोथी सर्पलाई धेरैभन्दा धेरै बेरसम्म सम्बन्ध स्थापित गर्नका लागि प्रेरित गर्छ । मेगनले भिन्न भिन्न शोध पत्रमा भालेको अंगको बेग्ला–बेग्लै विवरण दिएको देखेपछि आफ्नो अनुसन्धान सुरु गरिन् ।

किनभने पेनिस र क्लिटोरिसजस्ता यौनाङ्ग धेरैजसो स्तनधारी जीव, छेपारो र पंक्षीमा पाइन्छन् तर सर्पको यौनाङ्गको जानकारी निकै फितलो तरिकाले दिइएको थियो । जे जति दिइएको थियो, ती पनि गलत थिए । त्यसपछि मेगनले पोथी सर्पको पुच्छर तिरको भागलाई चिरेर अनुसन्धान गरिन् । उनले सबै मांसपेशी हटाइन् । मांसपेशीलाई जोड्ने टिस्यू पनि हटाइन् त्यसपछि पोथी सर्पको हेमिक्लिटोरिस देखिन सुरु भयो ।

मेगनले आफ्नो खोज माउन्ट होलियोके कलेजमा जेनाइटल मर्फोलोजिस्ट डा. पेट्रिशिया ब्रेनेनलाई देखाइन् । पेट्रिशिया यो खोज देखेर दङ्ग परिन् । उनले मेगनकै तरिकाले थप आठ प्रजातिका पोथी सर्पको अनुसन्धान गरिन् । यो अनुसन्धानपछि पक्का भयो कि पोथी सर्पसँग हेमिक्लिटोरिस हुन्छ ।

युनिभर्सिटी अफ कनेक्टिकटमा सर्पका विशेषज्ञ अर्थात् हर्पेटोलोजिस्ट कर्ट श्वेन्कले आजसम्म आफूले पोथी सर्पको क्लिटोरिसबारे केही नसुनेको बताए । उनले भने,  ‘यो जानकारी नयाँ हो । मेगन फोलवेलले कमालको काम गरेकी छिन् । ’

यो शोध हालै प्रोसिडिङ्ग्स अफ द रोयल सोसाइटी बी जर्नलमा प्रकाशित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप