बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्विटरले कस्ता पत्रकारको अकाउन्ट सस्पेन्ड गर्‌यो र किन ?

शुक्रबार, ०१ पुस २०७९, १३ : ००
शुक्रबार, ०१ पुस २०७९

ट्विटरले बिहीबार साँझ अमेरिकी प्राविधिक व्यवसायी एलन मस्कबारे समाचार सम्प्रेषण गर्ने धेरै प्रतिष्ठित पत्रकारहरूको खाता निलम्बन गरेको छ । यसमा द न्यूयोर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्ट जस्ता संस्थाहरूसँग सम्बन्धित पत्रकारहरू समावेश छन् ।

ट्विटरका एक प्रवक्ताले प्राविधिक वेबसाइट द भर्जसँगको कुराकानीमा यो प्रतिबन्ध लोकेशन सम्बन्धी जानकारीको लाइभ सेयरिङसँग सम्बन्धित रहेको बताएका छन् । एलन मस्कले आफ्नो निजी विमानको लोकेशन सेयर गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही गर्ने घोषणा गरेपछि ट्विटरले यो कदम चालेको हो ।

ट्विटरमा केही खाताहरूले अर्बपतिहरूको निजी जेटहरूको वास्तविक–समय स्थान साझा गर्न प्रयोग गर्थे । यी खाता चलाउनेहरूले ट्विटरमा सार्वजनिक रूपमा उपलब्ध जानकारी उपलब्ध गराउँथे । ट्विटरमा एलन जेट नामको एकाउन्टले सामाजिक सञ्जालमा मस्कको निजी विमान बारे जानकारी शेयर गर्ने गरेको थियो ।

यो खाता पनि निलम्बन गरिएको छ  र यो खाता चलाउने ज्याक स्वीनीको खाता पनि ब्लक गरिएको छ ।

ट्विटरको ट्रस्ट एण्ड सेफ्टी प्रमुख एला इर्विनले भनेकी छिन्, ‘हामी हाम्रो गोपनीयता नीति उल्लङ्घन गर्ने र अन्य प्रयोगकर्ताहरूलाई जोखिममा पार्ने सबै खाताहरू निलम्बन गर्नेछौं । नीतिमा कुनै पनि छुट दिँदैनौँ ।’

यस नीति अन्तर्गत प्रतिबन्धित पत्रकारहरूको सूचीमा इन्टरसेप्टको मिशा ली, म्यासेबलको म्याट बाइन्डर, र स्वतन्त्र पत्रकार आरोन रुपर र टोनी वेबस्टर समावेश छन् ।

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका प्रवक्ताले अखबार वा रिपोर्टर रायन म्याकलाई यसबारे कुनै स्पष्टीकरण दिइएको छैन ।

यसै क्रममा सीएनएनले पत्रकारको खाता यसरी निलम्बन गर्नु चिन्ताजनक तर स्तब्ध भएको बताएको छ । समाचार च्यानलले ट्विटरसँग यसबारे स्पष्टीकरण मागेको छ ।

सीएनएनले यो स्पष्टीकरणको आधारमा ट्विटरसँगको सम्बन्धको पुनः मूल्याङ्कन गर्ने बताएको छ ।

एलोन मस्कले यस विवादमा सीधै टिप्पणी गरेका छैनन् तर एक ट्वीटमा उनले लेखेका छन्, ‘तपाईं दिनभर मेरो आलोचना गर्न सक्नुहुन्छ तर व्यक्तिगत जानकारी मेरो रियल टाइम लोकेशन सार्वजनिक गर्नु र मेरो परिवारलाई जोखिममा पार्नु स्वीकार्य छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप