एलन मस्कले ट्विटरको सीईओको पद छोड्न सक्ने, गरे ट्वीट
ट्विटरका नयाँ सीईओ एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिन लागेको बताएका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘यस कामका लागि मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु । त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु ।’
यसअघि एलन मस्कले ट्विटरको सीईओ पद छाड्ने कि नछोड्ने भनेर ट्वीटरमा पोल गरेका थिए । उनले नतिजा जे आए पनि स्वीकार गर्नेसमेत लेखेका थिए । यस मतगणनामा ५७.५ प्रतिशतले पद छाड्ने पक्षमा र ४२.५ प्रतिशतले विरोध गरेका थिए ।
I will resign as CEO as soon as I find someone foolish enough to take the job! After that, I will just run the software & servers teams.
— Elon Musk (@elonmusk) December 21, 2022
एलन मस्कको ट्विटर खरिद गरेदेखि, उनले ल्याएका परिवर्तनहरूको लागि उनको आलोचना भइरहेको छ । उनी प्रायः केही मामिलामा पोल हालेर मानिसहरुसँग प्रतिक्रिया माग्छन् र निर्णयको घोषणा पनि गर्छन् ।
एलन मस्क टेस्ला र स्पेस एक्सका पनि मालिक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमान्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण