शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एलन मस्कले ट्विटरको सीईओको पद छोड्न सक्ने, गरे ट्वीट

बुधबार, ०६ पुस २०७९, १० : १४
बुधबार, ०६ पुस २०७९

ट्विटरका नयाँ सीईओ एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिन लागेको बताएका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘यस कामका लागि मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु । त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु ।’

यसअघि एलन मस्कले ट्विटरको सीईओ पद छाड्ने कि नछोड्ने भनेर ट्वीटरमा पोल गरेका थिए । उनले नतिजा जे आए पनि स्वीकार गर्नेसमेत लेखेका थिए । यस मतगणनामा ५७.५ प्रतिशतले पद छाड्ने पक्षमा र ४२.५ प्रतिशतले विरोध गरेका थिए ।

एलन मस्कको ट्विटर खरिद गरेदेखि, उनले ल्याएका परिवर्तनहरूको लागि उनको आलोचना भइरहेको छ । उनी प्रायः केही मामिलामा पोल हालेर मानिसहरुसँग प्रतिक्रिया माग्छन् र निर्णयको घोषणा पनि गर्छन् ।

एलन मस्क टेस्ला र स्पेस एक्सका पनि मालिक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप