शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुषको भारी आवाज हुनुको अर्थ के हो, महिलालाई किन मन पर्छ ?

बुधबार, ०६ पुस २०७९, १३ : ३८
बुधबार, ०६ पुस २०७९

पहिलो भेटमा कसैबारे धारणा बनाउने बेला उनीहरुको बोल्ने शैलीलाई धेरै महत्व दिइन्छ । यति मात्र होइन हामी जीवनको हरेक पक्षमा यो कुरालाई धेरै महत्व दिन्छौँ ।

हामी राजनीतिज्ञ, हाम्रा साथीहरू, हाम्रा साझेदारहरू पनि उनीहरूको स्वर र बोल्ने तरिकाको आधारमा छनोट गर्छौं । यस्तो किन हुन्छ ? यस्तो यसकारण किनभने हाम्रो आवाजले हामीबारे हाम्रो सोचभन्दा पनि धेरै कुराको जानकारी दिन्छ ।

मोन्टपेलियर युनिभर्सिटीकी भाषाविज्ञान अनुसन्धानकर्ता मेलिसा बरकत डिफ्राउड्स भन्छिन्, ‘तपाईं आफ्नो आवाजमार्फत् शब्दहरू बोल्नुहुन्छ र यसमार्फत जानकारी साझा गर्नुहुन्छ, तर यसबाहेक यसले तपाईंको जैविक स्थितिको बारेमा मात्र नभई तपाईंको व्यक्तित्वको बारेमा पनि बताउँछ ।’

‘यसले तपाइँ के गर्नुहुन्छ र तपाइँ आर्थिक रूपमा कहाँ हुनुहुन्छ भनेर पनि देखाउँछ ।’

यसले मानसिक स्वास्थ्यसहित तपाईंको समग्र स्वास्थ्य बारे पनि बताउँछ । अर्थात् तपाईंको आवाजको गुणस्तरले तपाईंबारे यी सबै जानकारी दिन्छन् ।’

मानिसको आवाजमा निकै थोरै भिन्नता हुन्छ जुन तपाईंले एक सेकेन्डको १० औँ हिस्साभन्दा पनि कम समयमा महसुस गर्नुहुन्छ र तपाईं यी व्यक्ति बारे धारणा बनाउनुहुन्छ ।

तर हामीले विशेष गरी खोज्ने ध्वनि गुणस्तर के हो ? वा, उदाहरणका लागि, कुनै व्यक्तिको आवाजको भरमा हामी ती व्यक्तिलाई नेता कसरी छान्छौँ ?

यस सन्दर्भमा चुनावी नतिजाहरूले गहिरो आवाजका उम्मेदवारहरू चुनाव जित्ने संकेत गर्दछ ।

भारी आवाज भएका व्यक्तिहरूलाई बढी सक्षम, जागिरका लागि बढी योग्य र बढी विश्वासयोग्य मानिन्छ ।

आवाजले लोकप्रियता बढाउँछ

चाखलाग्दो कुरा के छ भने, हाम्रो वातावरणका कारण पनि हाम्रो आवाज र लवजमा परिवर्तन हुन्छन् । हामी साधारणतया एक–अर्काको नक्कल पनि गर्छौँ र यस्ता साथी छनोट गर्छौँ जसको आवाज र लवज हामीसँग मिल्दोजुल्दो हुन्छ ।

युनिभर्सिटी अफ लियोनकी बायोकोस्टेशन कटारजिना पिसासिन्की भन्छिन्, ‘सामान्य कुराकानीमा अर्को व्यक्तिको कुराकानीअनुसार हामीले हाम्रो स्वर र टोन परिवर्तन गर्नु सामान्य कुरा हो ।’

‘यदि कोही बिस्तारै बोल्छ भने, हामी पनि बिस्तारै बोल्छौँ । यदि कोही छिटो बोल्छ भने, हामी पनि त्यस्तै गरी कुरा गर्छौँ । यो हामीमा रहेको एउटा विशेषता हो जसले हामीलाई अरूसँग अन्तरक्रिया गर्न मद्दत गर्छ,’ उनी थप्छिन् ।

यसबारे रोमान्टिक आकर्षणबारे कुरा गर्नुपर्दा के हामी भन्न सक्छौँ कि केही आवाज अन्यको तुलनामा बढी आकर्षक हुन्छन् ?

लामो समयदेखि सोच्दै आएको थियो कि जसरी भारी आवाजले राजनीतिज्ञलाई लोकप्रिय बनाउँछ, त्यसले पुरुषलाई पनि आकर्षक बनाउँछ ।

मेलिसा बरकत डिफ्रेड्स भन्छिन्, ‘पुरुषहरूमा पाइने टेस्टोस्टेरोन हर्मोन उनीहरूको आवाजको भारीपनसँग विपरित सम्बन्ध छ अर्थात् यदि कसैको आवाज भारी छ भने उभित्र टेस्टोस्टेरोनको स्तर कम छ ।’

‘हामीलाई थाहा छ कि टेस्टोस्टेरोनले पुरुषलाई निकै फाइदा हुन्छ । यहाँसम्म कि उनीहरुको प्रजनन क्षमता पनि यसमा समावेश छ । ’

उनका अनुसार आफ्नो आवाजमा भारीपनमार्फत् अर्थात् लवज र आवाजमार्फत् एक पुरुष आफ्नो साथीलाई आफ्नो क्षमताको संकेत दिनसक्छन् । यसको अर्थ यो हो कि ती व्यक्तिको प्रतिरोधी क्षमता पनि राम्रो छ र उनी निकै आक्रामक र प्रभावशाली छन् । यसका साथै उनीसँग नेतृत्व कौशल पनि छ ।

के भारी आवाजले महिलालाई आकर्षित गर्छ ?

यही कारणले गर्दा आजकल जीवविज्ञानीहरू भन्छन् कि महिलाहरूलाई भारी वा गहिरो आवाज आकर्षक लाग्छ । यस परिकल्पनाको आधारमा, के हामी पुष्टि गर्न सक्छौँ कि त्यो खास के चिज हो जसले महिलाको आवाजलाई आकर्षक बनाउँछ ?

जब विश्वभर विभिन्न आवाजबारे अनुसन्धान गरियो तब यो पत्ता लाग्यो कि आवाजको पिच बढी हुने महिलाले छिटो पार्टनर पाउँछन् ।

यो पनि साँचो हो कि युवतीहरुको आवाजको पिच बढी हुन्छ र यसले उनीहरुको उमेर र उनीहरुको सौन्दर्यलाई देखाउँछ ।

यस सम्बन्धमा भएको अनुसन्धानमा के पत्ता लागेको छ कि महिला डेट्समा आफ्नो आवाजको पिच बढाउँथे तर पछिल्लो केही वर्षमा केही अनुसन्धानकर्ताहरुका अनुसार यसमा परिवर्तन आइरहेको छ । अर्थात् महिला कुनै आकर्षक व्यक्ति अगाडि आउँदा आफ्नो आवाज हल्का बनाउने गर्छन् ।

युनिभर्सिटी अफ लियोनका बायोएथिसिस्ट कटार्जिना पिस्किन्कीले एक अध्ययन गरे जसमा केही महिलाले एक निश्चित व्यक्तिसँग ६ मिनेटसम्म कुराकानी गरे र उनीसँग ती व्यक्तिलाई मन पराउन र मन नपराउनका लागि एक उपकरण थियो । यसबाहेक उनीहरुको आवाज पनि रेकर्ड गरिँदै थियो ।

कटार्जिना पिसान्स्कीले आफ्नो आवाजको तुलना उनीहरुको आफ्नो आवाजको बेसलाइनसँग गरे र उनले के नतिजा पाए भने जुन पुरुष उनलाई मन परे, उनीहरुके अगाठि उनले आफ्नो आवाज हल्का पारे र जुन पुरुष उनलाई मन परेनन्, उनीहरुको अगाडि आफनो आवाजको पिच बढाए ।

उनले यो पनि पाए कि पुरुषहरूले पनि नरम स्वर भएका महिलाहरूलाई मन पराउँछन् ।

यस्तै खालको अर्को अध्ययनले फ्रान्सेली पुरुष र महिलाहरूको आवाजको जाँच गर्‍यो र पत्ता लगायो कि फ्रान्सेली पुरुषहरूलाई ती महिला बढी आकर्षक लाग्यो जसको आवाज भारी थियो वा कम पिचको थियो ।

मेलिसा बरकत डिफ्राउड्स भन्छिन्, ‘लामो समयसमम हामी यो भ्रममा रह्यो र अब हामीले यसबारे सांस्कृति रुपमा पनि परिवर्तन देखिरहेको छौँ जुनन निकै रोचक छ किनभने जुन कुरा हामीले फ्रान्सेली पुरुषमा देख्यो, त्यो मैले यसअघि अन्य संस्कृतिमा देखेको थिइनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप