राष्ट्रिय पोशाकमा शपथ लिन एमाले सांसदलाई निर्देशन
बुधबार, ०६ पुस २०७९, २२ : २२
नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन सर्कुलर जारी गरेको छ । पुस ७ गते दिउँसो १ बजे ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले प्रतिनिधिसभाका २७४ सांसदलाई शपथ ग्रहण गराउँदैछन् । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले सपथ ग्रहणमा आउँदा राष्ट्रिय पोशाक लगाएर आउन पार्टीले मौखिक सर्कुलर गरेको बताए ।
‘संसद सचिवालयले पनि राष्ट्रिय पोशाकमा उपस्थित हुन सूचना जारी गरेको छ । सोही अनुसार पार्टीले निर्देशन दिएको हो’, अधिकारीको भनाइ छ । नेकपा एमालेबाट प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ जना गरी ७८ सांसद निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
-
१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण