भैरहवाका स्पा सेन्टरमा प्रहरीको अनुगमन, १५ जना नियन्त्रणमा
बिहीबार, ०७ पुस २०७९, ०६ : ४१
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई स्पा सेन्टरमा अनुगमन गरेको छ । स्पा सेन्टरको नाममा अनैतिक कार्य भइरहेको सूचना पाएपछि रुपन्देही प्रहरीले भैरहवाको आवारोड स्थित हनि स्पा एण्ड सैलुन र बैंक रोडस्थित युनिक स्पा एण्ड सैलुनमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा प्रहरीले शंकास्पद क्रियाकलापमा संलग्न रहेको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ । स्पा सेन्टरमा मापदण्ड विपरितका काम भइरहेको गुनासाका आधारमा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
अनुगमनको क्रममा युनिकबाट ३ महिला र ३ पुरुष गरी ६ जना र हनिबाट ४ पुरुष र ५ महिला गरी ९ जनालाई नियन्त्रणमा लिइएको हो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
-
१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण