शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निदाउने बित्तिकै ‘गायब’ हुन्छ यो भ्यागुतो, संसारको एक्लो अदृश्य प्राणी

शुक्रबार, ०८ पुस २०७९, १४ : ५९
शुक्रबार, ०८ पुस २०७९

विश्वमा भ्यागुतोका एउटा यस्तो प्रजाति पनि पाइन्छ जसले आफूलाई अदृश्य बनाउन सक्छ । यी भ्यागुतोहरू अगाडि नै हुँदा पनि सजिलै देख्न सकिँदैन । एउटा ग्लासफ्रग जब निदाउँछ यसले आफूलाई ‘गायब’ गर्ने गर्छ । हरिया पातहरूमा बस्ने भ्यागुतोका चम्किलो पिठ्यूँ पातमा मिल्ने गर्छ । जबकी यसको पेटको मुनीको रातो रङ पारदर्शी हुन्छ । एक जीवित प्राणीका लागी यो कसरी सम्भव छ ?  नयाँ अध्ययनले यो प्रश्नको जवाफ दिन्छ । जंगलमा पाइने केही चम्किलो रङका भ्यागुतो निकै विषालु हुन्छन् जसले आफ्नो पिठ्यूँले घातक विष छोड्ने गर्छन् ।

साइन्स जर्नलमा प्रकाशित अध्ययनका अनुसार नर्दन ग्लासफ्रग गायब वा पारदर्शी हुनका लागि आफनो शरीरमा रक्तप्रवाहबाट लगभग ९० प्रतिशत रक्त कोसिकाहरु हटाउँछ र यिनीहरुलाई आफ्नो कलेजोमा प्याक गर्छ । लाइभ साइन्सको खबर अनुसार अध्ययनको नतिजाले धर्तीमा रहेको एक्लो पारदर्शी जीवले आफ्नो रगत कसरी लुकाउँछ भनेर बताउँछ । उत्तरी क्यारोलिनामा ड्युक युनिभर्सिटीमा बायोलोजीका एक प्राध्यापक र अध्ययनका सह–लेखक सोन्के जोन्सनले भने, ‘यदि तपाईं साँच्चै नै पारदर्शी हुन चाहनुहुन्छ भने तपाईंले आफ्नो रातो रक्त कोशिकालाई लुकाउनुपर्ने हुन्छ ।’

मानिसका लागि उपयोगी हुनसक्छ भ्यागुता

उनले भने, ‘यो ग्लासफ्रग आफ्नो रगतबाट रातो रक्त कोशिकालाई फिल्ठर गरिरहेका छन् र यसलाई आफ्नो कलेजोमा यति कसेर दबाइरहेका छन् कि यो रगतको डल्लो बन्नुपर्ने हो तर यस्तो हुँदैन ।’

अब अनुसन्धानकर्ताले रगत कुन बेला जम्दैनँ त भनेर पत्ता लगाउने हो भने यसले मानव रोगको उपचारमा धेरै नै सहयोग गर्नसक्छ । नर्दन ग्लासफ्रग १ इन्चभन्दा पनि लामो हुन्छन् र आफ्नो अधिकांश समय मध्य र दक्षिण अमेरिकी जंगलमा पातमा बसेरै बिताउँछ ।

कसरी गायब हुन्छन् ? रहस्य यथावत्

अनुसन्धानकर्ताले के पाए भने ग्लासफ्रगले आफ्नो ८९ प्रतिशत रातो रक्त कोशिकालाई सञ्चारबाट तान्छ र त्यसलाई आफ्नो कलेजोमा प्याक गर्ने गर्छ । यिनीहरुको छालाले निकै कम प्रकाशलाई परावर्तित गर्न सक्ने भएकोले यसको रगतले हेमोग्लोबिन बिना यसलाई अवशोषित गर्न सक्दैन, त्यसैले यो लगभग पूर्ण रुपमा पारदर्शी हुने गर्छ । वैज्ञानिकले ग्लासफ्रगले कसरी यस्तो गरिरहेको छ भनेर यसबारे राम्रोसँग थाहा नभएको अनुसन्धानकर्ता बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप