बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नवीनले नचाए जाजरकोटी

बुधबार, १९ पुस २०७४, १२ : ११
बुधबार, १९ पुस २०७४

काठमाडौं – लोकदोहोरी क्षेत्रका चर्चित गायक नवीन पौडेलले जाजरकोटका स्थानिय नचाउन सफल भएका छन् । अग्रेजी नयाँ बर्षको अवसर पारेर जाजरकोटमा आयोजना गरिएको दोस्रो जाजरकोट महोत्सवमा नवीनले आफ्ना गीत संगीतबाट दर्शक नचाउन सफल भएका हुन् । 
महोत्सवमा जोडदार प्रस्तुति सहित स्टेजमा देखिएका नवीनले दर्शकलाई धित मरुन्जेल नचाउन सफल भए । 
कार्यक्रमको स्टेजमा नवीनले ‘फुलेको तोरिलाइ बैँस आको छोरिलाइ जोगाउनै गाह्रो’ गीत घन्काउदा बुढाबुढी देखि तन्नेरी र बालबालिका सम्मले कम्बर मर्काए ।
‘यस्तै हुन्छ भन्ने भा’, ‘बुलाकी झुम्काना’, ‘हरेक जातजाति छौँ नानाथरी’, ‘ए हजुर सुन्नु भा छ र’, ‘दःुखका दिन गए’, ‘बैनी कति जाती पानी माग्दा मैदिनी’ लगायतका करिब दर्जन गीत कार्यक्रममा नवनिले गाएका थिए । नवीनले स्टेजबाट यथार्थपरक गीत प्रस्तुत गरिरहदा महोत्सवको माहोल नै बेग्लै भएको थियो ।
जाजरकोट उद्योेग बाणिज्य संघ आयोजक रहेको महोत्सव स्थानिय उत्पादन र ब्यापार ब्यवसायलाई प्रवद्धन गर्ने उदेश्यले आयोजना गरिएको  संघमा निवर्तमान अध्यक्ष कमान खड्काले जाकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप