बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्वती बनिन् ‘आगो बाल्ने न्यूयोर्कवाली बसन्ती’

बुधबार, १९ पुस २०७४, १२ : १३
बुधबार, १९ पुस २०७४

काठमाडौं – अन्तराष्ट्रिय नेपाली कलाकार समाजका ईश्वर थापाले नयाँ भिडियो सार्वजनिक गरेका छन् । उनले आफ्नो निर्माण तथा निर्देशनमा ‘आगो बाल्ने न्यूयोर्कवाली बसन्ती’ बोलको डान्सिङ गीत सार्वजनिक गरेका हुन् ।

युट्युब च्यानलवाट रिलिज गीतको भिडियोमा गायक जगदीश समाल र गायिका सपनाश्रीको स्वर रहेको छ । संगीत ओम कर्माचार्यले दिएका छन् । 

अमेरिकाको न्यूयोर्क शहरमा छायांकन गरिएको न्यूयोर्कवाली गीतको भिडियोमा अमेरिकामा रहदै आएकी प्रसिद्ध डान्सर तथा मोडल पार्वती राई बनेकी छन् ।
प्रवेश उप्रेती पौल, कृश थापा र डुप्लिकेट शाहरुख खान भनेर चिनिने क्यानाडा निवासी हेरी भाम्ब्राको पनि अभिनय रहेको छ । भिडियोमा गीतको वोलजस्तै रोमान्टिक र फास्ट टाइपको डान्सिङ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप