शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मेरो शक्ति कम भइरहेको छ, मेरो चिन्ता नगर्नु...’ नासाको इनसाइट ल्यान्डरले मंगल ग्रहबाट पठायो ‘भावुक सन्देश’

सोमबार, ११ पुस २०७९, १२ : २६
सोमबार, ११ पुस २०७९

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहको अध्ययन गर्न सुरु गरेको इनसाइट ल्यान्डर मिसन सम्भवतः अन्तिम बिन्दुमा छ । डिसेम्बर २० मा, ल्यान्डरको तर्फबाट एक ट्वीट गरिएको छ । यो ट्विटपछि विभिन्न खालका अड्कलबाजी भइरहेका छन् । यो ल्यान्डरको तर्फबाट अन्तिम सन्देश हुन सक्ने अनुमान गरिएको छ ।

ल्यान्डरबाट एउटा दु:खद सन्देश पठाइएको छ । जसमा यसले शक्ति गुमाउँदै गरेको र चाँडै साइन अफ हुन सक्ने बताइएको छ ।  यसपछि ल्यान्डरको चार वर्ष लामो ऐतिहासिक मिसन पूरा हुने विश्वास गरिएको छ । नासाले नोभेम्बरमा मंगल ग्रहको धुलो रोबोटमा जम्मा भएको र अत्यधिक धुलो जमेका कारण त्यसले आफ्नो सम्पूर्ण शक्ति गुमाएको भन्दै चेतावनी दिएको थियो ।

ल्यान्डरको भावुक सन्देश

ल्यान्डरको तर्फबाट जुन ट्विट गरिएको छ, यो यस्तो छ, ‘मेरो शक्ति साँच्चै नै निकै कम भएको छ । सायद मैले पठाउन सक्ने यो नै मेरो अन्तिम तस्वीर होला । तर पनि मेरा बारे चिन्ता नगर्नुहोला । यहाँ मेरो समय निकै उत्पादक र सुन्दर रह्यो । यदि म मेरो मिसन टिमसँग कुरा गर्न सक्षम रहेँ भने म त्यसो गरिरहनेछु तर मैले साइन अफ गर्नुपर्नेछ । मसँगै रहनु भएकोमा धन्यवाद ।’

यी अकाउन्टबाट जुन ट्विट गरिएका छन् त्यो पनि भावुक बनाउने खालको छ । नासालाई राम्रोसँग थाहा छ कि इनसाइट ल्याण्डरको ब्याट्री कम भइरहेको छ । केही महिना अघि मात्रै इनसाइटले आफ्नो काम गर्न सुरु गरेको थियो । यसले मे महिनामा आएको मंगल ग्रहको सबैभन्दा शक्तिशाली भूकम्प रेकर्ड गरेको थियो । इनसाइट ल्यान्डरले मंगल ग्रहका निकै सुन्दर तस्बिर खिचेका थिए । इनसाइट ल्याण्डरको सोलर प्यानलमा जमेको धुलोको पत्र निकै गहिरो भएको थियो । यसैका कारण यसको ब्याट्री लगातार कम भइरहेको थियो ।

ल्यान्डर केका लागि पठाइएको थियो ?

नासाले नोभेम्बर २ मा अबको केही हप्तामा यसको अन्त्य हुनसक्ने बताएको थियो । नासाका अनुसार ल्यान्डरका दुईवटा मुख्य काम थिए । पहिले यसले यो पत्ता लगाउनु थियो कि मंगल ग्रहको रचना कसरी भयो । यसका लागि यसलाई त्यसभित्रको हिस्साको अध्ययन गर्नुपर्ने थियो । यसबाहेक विभिन्न तहमार्फत् यसको भौगोलिक संरचनाबारे पत्ता लगाउनु थियो । आफ्नो दोस्रो कार्य अन्तर्गत, इनसाइटले मंगल ग्रह आज कति प्राविधिक रूपमा सक्रिय छ र कति उल्कापिण्डहरूले यसलाई असर गर्छ भन्ने कुरा पत्ता लगाउनु थियो । यसमा मंगल ग्रहमा आउने भूकम्पको पनि अध्ययन गर्नुपर्ने थियो । यस ग्रहमा १३०० भन्दा बढी पटक भूकम्प गएको छ ।

चार वर्षको मिसन

नासाको प्लानेटरी साइन्स डिभिजनका निर्देशक लोरी ग्लेजले भने, ‘इनसाइटले चट्टानी ग्रहहरूको भित्री भागको हाम्रो बुझाइलाई पूर्ण रूपमा परिवर्तन गरेको छ । यसले भविष्यका धेरै ठूला मिसनहरूका लागि चरण तय गरेको छ । अब पृथ्वी, चन्द्रमा, शुक्र र यहाँसम्म कि अन्य शौर्य मण्डलमा चट्टानी ग्रहका लागि मंगल ग्रहको आन्तरिक संरचनाबारे जे जति थाहा छ, त्यसलाई लागू गर्न सकिन्छ । ’

सन् २०१८ मा इनसाइटले मंगल ग्रहमा कदम राखेको थियो । यसको सोलर प्यानलले हरेक मंगल दिवस (मार्सियन डे) मा ५००० वाटको ऊर्जा पैदा गरेको थियो । धर्तीमा मंगलको एक दिन ४० मिनेटभन्दा लामो हुन्छ । यतिबेला उसले ५०० वाट ऊर्जा पैदा गर्न सकिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप