बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्तिम समयमा सर्यो रजनीको ‘पटुकी’

बुधबार, १९ पुस २०७४, १६ : ३३
बुधबार, १९ पुस २०७४

काठमाडौं – अभिनेत्री रजनी केसी अभिनित चलचित्र ‘पटुकी’को रिलिज डेट सारिएको छ । प्रदर्शन मिति २१ पुस नजिकिदै गर्दा निर्माण युनिटले चलचित्रको प्रदर्शन सारेका हुन् । चलचित्र अब १९ माघबाट प्रदर्शनमा आउँनेछ । 

म्याकटेन कालु प्रस्तुतकर्ता रहेको चलचित्रमा अभिनेत्री रजनी केसी, जेम्स बिसी, दीपक कँडेल, रोजी श्रेष्ठ र हरि गुरुङको अभिनय देख्न सकिन्छ । 

मनसुधा मिडियाको निर्माणमा बनेको यो चलचित्रले पारिवारिक कथा बिषय बनाएको प्रस्तुतकर्ता म्याकटेनले बताए । राम नेपालको निर्देशन रहेको ‘पटुकी’मा लक्ष्मण घिमिरेको छायांकन, अभिषेक पौडेलको सम्पादन र सानुकुमार महर्जनको द्वन्द्व, शिव विकको नृत्य रहेको छ ।

संगीतकार राजन राज सिवाकोटीको स्वर तथा संगीत रहेको चलचित्रमा सिता मिजार कार्यकारी निर्माता रहेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप