शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हुस्सुका कारण चीनकाे हेनान प्रान्तमा २०० सवारी फसे, दर्जनौँ घाइते

बिहीबार, १४ पुस २०७९, ०७ : २३
बिहीबार, १४ पुस २०७९

मध्य चीनको हेनान प्रान्तको झेनझोउ सहरको एउटा पुलमा बुधबार बिहान अत्यधिक हुस्सुका कारण दर्जनौं सवारी साधनहरू ठोकिनुका साथै ठूला कारको थुप्रोमा ठोकिएका छन् ।

सामाजिक सञ्जालमा तस्बिर र भिडियोहरूमा झोनझोउ हुवांगे पुलमा धेरै कारहरू र ट्रकहरू एकै ठाउँमा थुप्रिएको देख्न सकिन्छ । चिनियाँ समाचार संस्था सीसीटीभीकाका अनुसार दुर्घटनामा धेरै मानिस घाइते भएका छन भने पुलमा अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । दुर्घटनामा मृत्यु भएको विवरण भने सार्वजनिक भएको छैन ।

घटनास्थलमा रहेका उद्धारकर्ताहरूको प्रारम्भिक अनुमानमा २०० भन्दा बढी सवारी साधन थिए र घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीय टेलिभिजनले जनाएको छ ।

स्थानीय मौसम विज्ञान सेवाका अनुसार झेंग्झाउ लगायतका धेरै क्षेत्रमा भिजिबिलिटी ५०० मिटर र केही क्षेत्रमा २०० मिटरभन्दा कम थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप