मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले राष्ट्रिय सभा दलको नेतामा देवेन्द्र दाहाल चयन

बिहीबार, १४ पुस २०७९, १० : ३२
बिहीबार, १४ पुस २०७९

नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको मनोनीत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम सांसद देवेन्द्र दाहाललाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनीत गरेका हुन् ।

एमालेबाट राष्ट्रियसभामा यसअघि नेता खिमलाल भट्टराई दलको नेता थिए । चुनावअघि भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएसँगै उक्त पद रिक्त थियो । 

मनोनीत दाहाल यसअघि दलका प्रमुख सचेतक थिए । राष्ट्रिय सभामा नेकपा एमालेका १६ सांसद छन् । अध्यक्ष गणेश तिमिल्सिना पनि एमालेकै हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप