एमाले राष्ट्रिय सभा दलको नेतामा देवेन्द्र दाहाल चयन
बिहीबार, १४ पुस २०७९, १० : ३२
नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको मनोनीत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम सांसद देवेन्द्र दाहाललाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनीत गरेका हुन् ।
एमालेबाट राष्ट्रियसभामा यसअघि नेता खिमलाल भट्टराई दलको नेता थिए । चुनावअघि भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएसँगै उक्त पद रिक्त थियो ।
मनोनीत दाहाल यसअघि दलका प्रमुख सचेतक थिए । राष्ट्रिय सभामा नेकपा एमालेका १६ सांसद छन् । अध्यक्ष गणेश तिमिल्सिना पनि एमालेकै हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
-
१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण