शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोथी झिङ्गाले अरुसँग यौनसम्बन्ध नराखोस् भनेर भालेले गर्छ यस्तो काम

बिहीबार, १४ पुस २०७९, १४ : ३३
बिहीबार, १४ पुस २०७९

फलफूलमा बस्ने झिङ्गा (फ्रुट फ्लाइज) बारे एउटा अचम्मको जानकारी प्राप्त भएको छ । यो झिङ्गाले जब सम्बन्ध बनाउँछ तब भाले झिङ्गाले यसको शरीरमा एउटा यस्तो रसायन छोड्छ जसका कारण पोथी झिङ्गालाई निद्रा लाग्छ । र यसै कारणले उसले अरु भाले झिङ्गासँग सम्बन्ध स्थापित गर्न सक्दैन । अनुसन्धानकर्ताका अनुसार यो भाले झिङ्गाको रणनीति हो ।

अर्जेन्टिनाको नेशनल साइन्टिफिक एन्ड टेक्निकल रिसर्च काउन्सिलकी लोरेना फ्रेन्कोका अनुसार भालेको यौन अंगबाट वीर्यमार्फत् यो सेक्स पेप्टाइड, पोथी झिङ्गाको शरीरमा जाने गर्छ । तर एक नयाँ अनुसन्धानले के पत्ता लागेको छ भने यसले पोथी झिङ्गाको बायोलोजिकल क्लब मेकानिजमलाई पनि प्रभावित गर्छ ।

साधारणतया यो झिङ्गा सूर्य उदाउनु अघि नै जागा हुने गर्छन् । यति नै समयमा यी झिङ्गा यौन सम्बन्ध स्थापित गर्छन् । तर पेप्टाइडका कारण झिङ्गालाई बिहान भइसकेको थाहा हुँदैन र यिनीहरु सुतेको सुत्यै हुन्छन् । जबकी यो समयमा भाले बढी सक्रिय हुन्छन् ।

पहिला गरिएको शोधमा बताइए अनुसार यी झिङ्गा (ड्रोसोफिला मिलानोगास्टर) साधारणतया सूर्य उदाउनुभन्दा एक वा दुई घण्टा अघि नै उठ्ने गर्छ । तर फ्रेन्को र उनका सहयोगी आफ्नो शोधमा उनीहरु भाले झिङ्गामा बढी केन्द्रीत भएको स्वीकार गर्छन् । सामान्य शोधमा पोथी झिङ्गालाई नजरअन्दाज गरिन्छ त्यसैले यो टोलीले चार दिनका लागि आफ्नो लाइट कन्ट्रोल ल्याबमा, पोथी झिङ्गामाथि वेबक्याममार्फत् निगरानी राखे । यो प्रयोगशालामा भर्जिन र हालै सम्बन्ध स्थापित गरेका पोथी झिङ्गामाथि निगरानी गरियो । उनीहरुले तुलना गर्नका लागि भाले झिङ्गाको एउटा समूहको अनुसन्धान गरे ।

अनुसन्धानकर्ताले पाए कि जुन झिङ्गा बिहान उठे ती भर्जिन झिङ्गा थिए जबकी सम्बन्ध बनाउने पोथी त्यतिबेलासम्म सुतिरहे घाम उदाउन्जेलसम्म सुतिरहे । अनुसन्धानकर्तालाई शंका लागेको थियो कि यसको कारण सेक्स पेप्टाइड हुनसक्छ, त्यसैले उनीहरुले पोथी झिङ्गाको प्रजनन क्षेत्रमा सेक्स पेप्टाइड रिसेप्टर्सबाट केही न्युरोन्स समूहलाई हटाइदिए । यस्तो गर्दा ती पोथी झिङ्गा सूर्योदय अघि नै उठ्न सफल भए ।

अनुसन्धानकर्ताका अनुसार पोथी झिङ्गा थुप्रै भालेसँग यौनसम्बन्ध स्थापित गर्न सक्छ र उनीहरुको वीर्य आफ्नो शरीरभित्र जम्मा गर्न सक्छ । भाले झिङ्गाका लागि व्यवहार परिवर्तन गर्न सक्ने केमिकलको उत्पादन गर्नु, आफ्नो शुक्रकीट सफल बनाउने सम्भावनालाई राम्रो बनाउने एक तरिका हो । यो भाले झिङ्गाका लागि एक रणनीति हो ता कि पोथीभित्र अरु कसैको शुक्रकिटलाई आफ्नो शुक्रकिटसँग प्रतिस्पर्धा गर्नबाट रोक्न सकियोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप