बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गंगाराजको ‘सपनाको संसार’ सार्वजनिक (भिडियो)

बिहीबार, २० पुस २०७४, १० : ००
बिहीबार, २० पुस २०७४

गायक गंगाराज राईले अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्नो नयाँ गीत ‘सपनाको संसार’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्

युकेमा रहेर पनि उनी नेपाली गीत संगीत क्षेत्रमा लामो समयदेखि आवद्ध छन् । राईको 'सपनाको संसार' बोलको म्युजिक भिडियो भने नेपालमै तयार पारिएको छ । 

बेलायत बस्दै आएका गीतकार डिल्लीराम राईले रचना गरेको उक्त गीतको संगीत कल्याण सिंहको रहेको छ । गीतको एरेन्ज महाराज थापाले गरेका छन् । 

निकेश खड्गाले निर्देशन गरेको भिडियोमा मोडल अभिनेता सुरज सिंह ठकुरीले अभिनय गरेका छन् । भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप