शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्राचीन मानव प्रजाति अझै पनि जंगलमा जीवित हुनसक्ने मानवशास्त्रीको विश्वास

शुक्रबार, १५ पुस २०७९, १४ : ४६
शुक्रबार, १५ पुस २०७९

सन् २००३ मा पुरातत्वविद एशियाबाट अष्ट्रेलियामा आधुनिक मनुष्यको प्रवासको प्रमाण खोजिरहेका थिए । यतिबेला इन्डोनेशियाको फ्लोर्स आइल्याण्डमा उनीहरुले लोप भइसकेका मानव प्रजातिको एउटा सानो तर करिब करिब पूर्ण कंकाल भेटे । यसलाई होमो फ्लोरेसेन्सिसको नामले चिनिन्छ । यो प्रजातिबारे जेआरआर डट टल्केनको किताब ‘द हबिट’ मा पनि गरिएको छ ।

यो प्रजाति करिब १२ हजार वर्ष अघिसम्म जीवित भएको हुनसक्ने अनुमान गरिएको थियो तर पुनः अनुसन्धान गरेपछि यो ५० हजार वर्ष अघि जीवित भएको तथ्य फेला पर्यो । तर अलबर्टा युनिभर्सिटीमा मानव विज्ञानका अवकाशप्राप्त प्राध्यापकका अनुसार प्रजातिको अस्तित्वलाई नजरअन्दाज गरिएको हुनसक्ने वा हबिट अहिलेसम्म पनि जीवित हुनसक्ने अनुमान गरेका छन् ।

प्राध्यापक ग्रेगरी फोर्थले जिवाश्म वैज्ञानिक र अन्य वैज्ञानिकले फ्लोर्सको जंगलमा बस्ने ‘एप म्यान’ को जानकारीलाई नजरअन्दाज गरेको तर्क पेश गरेका छन् । फोर्थले आफ्नो नयाँ बिताब ‘एप एन्ड ह्युमन’ मा आइल्याण्डमा यी प्रजातिलाई ३० भन्दा बढी प्रत्यक्षदर्शीले देखेको र तीमध्ये सबैले उनीहरुसँग प्रत्यक्ष कुराकानीसमेत गरिएको लेखेका छन् । ती कुराकानीपछि एक गैर–स्यापियन्स होमिनिन, फ्लोर्स आइल्याण्डमा हालैका दिनमा जीवित रहेको निष्कर्ष निकालिएको छ ।

उनले लेखेका छन्, ‘द्वीपमा बस्ने स्थानीय लियो मानिसहरुको जीवनमा, मनुष्य जनावरमा बदलिएको कहानी समावेश छ । उनीहरुको फिल्डवर्कले के पत्ता लाग्छ भने यस्ता खालका परिवर्तन पैतृक प्रजाति र यसको वंशज बीचको अन्तरलाई दर्साउँछ ।’

उनका अनुसार लियोले यी प्राणीलाई जनावर मान्छन् । किनभने मनुष्य झैँ न उनीहरुको भाषा छ न नै प्रविधि । तर महत्वपूर्ण के छ भने मानिससँग उनीहरुको समानताको भने कुरा गरिएको छ ।

अहिलेसम्म एच. फ्लोरेसेन्सिसबारे हामीलाई निश्चित रुपमा यो थाहा छ कि यी ५० हजार वर्ष अघि जीवित थिए । तर फोर्थका अनुसार होमिनिनको विकासको अनुसन्धानमा स्थानीय जानकारी र ज्ञान पनि समावेश गर्नुपर्छ । उनी भन्छन्, ‘हामीले अहिलेको एप म्यान अफ फ्लोरेस पूर्णतया काल्पनिक छ भनी मान्न सक्छौँ, तर लियो मानिसहरुले भनेका कुरालाई गम्भीरतापूर्वक लिएँ भने मलाई त्यस्तो लाग्नु स्वाभाविक हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप