यस्तो छ ए सोल्टिनीको ‘झुम्ताना झुम्ताना’
काठमाडौं – प्रदर्शनको तयारीमा रहेको ‘ए सोल्टिनी’ चलचित्रको ‘झुम्ताना झुम्ताना’ बोलको गीत सार्वजनीक गरिएको छ । सुनलाल वाइवाको शब्द र संगीत रहेको गीतको भिडियोमा सबिन श्रेष्ठ, गंगा राना, ज्ञानवहादुर जिम्बा लगायतले नृत्य गरेका छन् । अभि लामाले कोरियोग्राफी गरेको लोकभाकाको गीत बिश्वास भण्डारीले खिचेका छन् भने गीत शुभ तामाङ र निर्मला घिसिङले गाएका हुन् ।
निमा तामाङ लामाको निर्देशनमा बनेको ‘ए सोल्टिनी’को सो दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्र जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो ।
सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।
काठमाडौ उपत्यका वरिपरि खिचीएको चलचित्रका प्रस्तुतकर्ता पूर्णी तामाङ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण