प्रतिभा निखार्दै ‘लिटिल स्टार अफ दि इयर’
काठमाडौं – बालबालिका सम्बन्धी सौन्दर्य प्रतियोगीता ‘लिटिल स्टार अफ द इयर २०१८’का ७० प्रतियोगि अहिले आफ्नो प्रतिभा निखार्न ब्यस्त छन् । दरबारमार्ग स्थित सिडब्लु रेष्टुरेन्टमा उनीहरुले बिभिन्न प्रशिक्षण लिइरहेका छन् ।
राजधानीमा आयोजित प्रारम्भिक चरणमा छानिएका प्रतियोगी प्रतियोगीताको शिर्ष उपाधी चुम्दै आफ्नो भाग्य चम्काउन १८ गतेदेखि नियमित प्रशिक्षणमा जुटेका हुन् । प्रारम्भिक चरणको अडिसनमा सहभागी १२० मध्य अन्तिम चरणका लागि जम्मा ७० छानिन सफल भएका हुन् ।
प्रतियोगीलाई प्रशिक्षण मार्फत निखार्ने काम मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल, जीवन गिरी लगायतले गर्दैछन् ।
प्रशिक्षणको क्रममा उनीहरुले संगीत, गायन, नृत्य, ब्याक्तित्व विकास, सामाजिक उत्तरदायत्व, बालअधिकार, अनुसासन लगायत बिषयको ज्ञान लिने कार्यक्रमको कोडिनेटर जीवन गिरीले बताए ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिस्य निर्माण तिर अग्रसर गराउने उद्देश्यले गतबर्षबाट एनोवेसन इवेन्ट म्यानेजमेन्टले प्रतियोगीता सुरु गरेको हो ।
७ देखि १४ बर्षसम्मका बालबालिकाले सहभागीता रहेको प्रतियोगीतामा ७ देखि ९, १० देखि १२ र १३ देखि १४ गरि भिन्न भिन्नै तीन समहुको बिजेता छानिने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।
शिर्ष सहित आधा दर्जन उप बिजेता छानिने प्रतियोगीतामा बिजेताले बिभिन्न पुरस्कार र अवसर एकसाथ जित्न सक्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण