बंगलादेश दुतावासको अध्ययन छात्रबृद्धिको विवाद छिटो टुङग्याउन माग
काठमाडौ– नेपाल स्थित बंगलादेश दुतावासको सेल्फ फाईनान्स योजना अन्र्तगत बंगलादेशमा चिकित्सा शास्त्र अध्ययन गर्न जाने तयारीमा रहेका विद्यार्थीहरुले त्यसमा उत्पन्न विवाद तत्काल छानविन गरी निरुपण गर्न माग गरेका छन । विद्यार्थीहरुले शनिवार राधानीमा पत्रकार सम्मेलन गरि चार जना विद्यार्थीहरुको प्रमाणपत्र नक्कली भएको विषयमा भएको छानविन टुङग्याउन ढिलाई गर्दा आफूहरुले यस शैक्षिकसत्रबाट अध्ययन गर्न नपाउने स्थिति उत्पन्न भएको भन्दै शिक्षा मन्त्रालयलाई तत्काल छानविन सकेर आफूहरुलाई पढ्ने बातावरण बनाई दिन आग्रह गरेका हुन । पत्रकार सम्मेलनमा शेरे बंगला मेडिकल कलेजमा एमवीवीएसमा अध्ययनको लागि छनौट एकी विद्यार्थी सुदिक्षा आचार्यले आगामि फेब्रुअरी ११ सम्ममा आफूहरुले भर्ना गर्नु पर्नेमा शिक्षामन्त्रालयले एक महिनादेखि छानविनको नाममा प्रक्रिया अडकाईरहेकोले आफूहरु समस्यामा परेको र एक वर्षको पढाई बर्बाद हुने स्थिति उत्पन्न भएको गुनासो गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण