उद्योग बाणिज्य महासंघ गुण्डागर्दीमा उत्रिएको आरोप
काठमाडौ– सुपारी निर्यातको लागि किसान र सरोकारवालाहरुसँग समन्वयन नै नगरी उत्पत्तिको प्रमाणपत्र जारी गर्दा आफूहरु समस्यामा परेको भन्दै रिले अनसनमा बसिरहेका सुपारी किसानहरुले उद्योग बाणिज्य महासंघ आफूहरु विरुद्ध गुण्डागर्दीमा उत्रिएको आरोप लगाएका छन ।
मेची सुपारी तथा फलफुल विकास संस्था, राष्ट्रिय सुपारी श्रमिक संगठन र फेयर नेपालले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आफूहरु माग पुरा गर्न शान्तिपूर्ण रुपमा मंसिर ३ गते देखि महासंघको परिषरमा रिले अनसनमा बसिरहेकोमा महासंघले बार्ता गर्नुको साटो माघ २१ गते राती धम्की दिदै टेन्ट भत्काउने का गरेर गुण्डागर्दी सुरु गरेको आरोप लगाएको हो ।
पत्रकार सम्मेलनमा मेची सुपारी तथा फलफुल विकास सस्था झापाका उपाध्यक्ष तोयानाथ अधिकारीले सरकार र सर्वोच्चको फैसलाले समेत सुपारी उत्पादन किसानहरुको सस्थासँग समन्वय गरेर उत्पत्तिको प्रमाणपत्र जारी गर्नु पर्ने ब्यवस्थालाई बेवास्ता गर्दै कार्तिक १ गते आफूखुसी गरेको निर्णय सच्याउन माग गर्दै आफूहरु लामो आन्दोलनमा रहँदा समेत बास्ता नगरी उल्टै गुण्डा प्रयोग गरेर महासंघ नेतृत्वले धम्क्याउन खोलेको आरोप लगाए ।
राष्ट्रिय सुपारी श्रमिक संगठनका संयोजक मनोज पोख्रेलले महासंघ जस्तो जिम्मेवार निकायले समस्या समाधानकोलागि शान्तिपूर्ण बाटो नपनाई गुण्डागर्दी तर्फ लागेकोमा भत्र्सना गर्दै आफूहरुको माग पुरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने स्पष्ट पारे ।
फेयर नेपालका उपाध्यक्ष जीतनारायण खवासले महासंघको तरिकाको निन्द्या गर्दै यस्तो घटना फेरि दोहोर्याउन खोजे त्यसको गंभिर परिणाम भोग्नु पर्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण