कांग्रेस नेतामाथि गोली हान्ने दुई पक्राउ
जनकपुरधाम–धनुषा जिल्लाको वीरेन्द्र बजारमा नेपाली कांग्रेसका नेता नसिम राइनमाथि गोली हानेको घटनामा पक्राउ गरिएका दुई जनालाई प्रहरीले आज मुद्दा चलाएको छ ।
घटनामा संलग्न रहेको आशङ्कामा हिजो बिहीबार वीरेन्द्र बजारबाट प्रमोदकुमार पूर्वे र योगेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरिएको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए ।
गत शनिबार बिहान करिब ८ बजे गणेशमान चारनाथ नगरपालिकाका बुथ प्रतिनिधि राइनमाथि वीरेन्द्र बजारमा मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए । गोली प्रहार गर्नुपर्ने कारण हालसम्म खुल्न नसके पनि घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख जोशीले बताए ।
पिँठ्युमा गोली लागेका राइनको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडैं लगिएको छ । धनुषाको बालाबाखरमा गोली प्रहारबाट हत्या गरिएका ५० वर्षीय नेकाका स्थानीय नेता राजेन्द्रप्रसाद यादवको हत्याको घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् ।
नेका नेता यादवलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए। प्रहरी उपरीक्षक जोशीले यस घटनामा अनुसन्धन तीव्र पारिएको बताए । यस घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण