सार्क मन्त्रीस्तरीय बैठक पोखरामा
पोखरा– दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)को मन्त्रीस्तरीय बैठक यहाँ आयोजना गर्नेबारे उपप्रधान एवम्। परराष्ट्रमन्त्री कमल थापाले आज पोखरामा प्रशासनिक एवम् सुरक्षा निकायसँग छलफल गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीको सभाकक्षमा भएको छलफलमा क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, पश्चिामाञ्चल क्षेत्रस्तरीय सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानीय विकास अधिकारी रामचन्द्र तिवारी, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भलकराम अधिकारीसँग छलफल गरेका हुन् ।
उक्त अवसरमा उपप्रधानमन्त्री थापाले सार्क मन्त्रीस्तरीय बैठकका लागि प्रभावकारी आवास व्यवस्थापन, सरसफाइ एवम् सुरक्षा व्यवस्थाबारे जानकारी लिएर पूर्वाधारका लागि निर्देशन दिए ।
उनले पोखरा पर्यटकीय केन्द्र भएका कारण सार्क मन्त्रीस्तरीय बैठकलाई चाहिने पूर्वाधार पूरा गर्न पोखरा सफल रहने विश्वास व्यक्त गरे ।
उपप्रधानमन्त्री थापाले आजै पोखरास्थित फिस्टेल लज, होटेल पोखरा ग्रान्ड, साङ्ग्रीला भिलेज रिसोर्ट र फूलबारी रिसोर्टको पनि अवलोकन गरी त्यहाँ हुनसक्ने आवास व्यवस्थापनबारे छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण