नेप्सेमा सूचीकृत १३१ कम्पनी ‘क’ वर्गमा
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीमध्ये १३१ कम्पनी ‘क’ वर्गमा परेका छन् ।
एक्सचेन्जले धितोपत्र सूचीकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको सर्तअनुसार ती कम्पनीको वर्गीकरण गरिएको हो । पुँजीबजारको सुरुवातदेखि क्रमशः ‘क’ वर्गका कम्पनी बढ्दै गई गत आर्थिक वर्षमा ११४ तथा चालु आवमा १३१ वटा कम्पनी ‘क’ वर्गमा वर्गीकृत भएका हुन् ।
नियमअनुसार चुक्ता पुँजी कम्तीमा रु दुई करोड हुनुपर्ने, साधारण सेयरधनीको सङ्ख्या कम्तीमा एक हजार हुनुपर्ने, कम्तीमा तीन वर्षदेखि लगातार मुनाफा गरेको हुनुपर्ने, सेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको हुनुपर्ने र आव समाप्त भएको छ महिनाभित्र उक्त आवको कारोबार तथा आय–व्यय विवरण पेस गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।
नेप्सेका अनुसार आव २०५३/५४ देखि सूचीकृत कम्पनीहरुको वर्गीकरण गरिने प्रक्रिया आरम्भ भएअनुसार आव २०५३÷५४ मा सातवटा कम्पनी मात्र ‘क’ वर्गका थिए । नेप्सेका सहप्रवक्ता मुराहरि पराजुलीका अनुसार वर्गीकरणअनुसार वाणिज्य बैंक समूहबाट २६, अन्य समूहबाट एक, जलविद्युत् समूहबाट तीन, होटल समूहबाट एक, बीमा समूहबाट १७, वित्त समूहबाट २५, विकास बैंक समूहबाट ५६ र उत्पादन तथा प्रशोधन समूहबाट एक कम्पनी ‘क’ वर्गमा परेका छन् ।
एक्सचेन्जमा आव २०७१÷७२ को अन्त्यसम्ममा सूचीकृत कुल २३५ वटा कम्पनीमध्ये निम्नलिखित १३० वटा सूचीकृत कम्पनीलाई उक्त प्रावधानअनुरुप चालु आव २०७२÷७३ मा ‘क’ वर्गमा वर्गीकरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण