अकुत कमाएको भन्दै भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट विरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं–भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट हुँदा अकुत सम्पति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. केशवराज भुर्तेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अस्पताल भवन निर्माण गर्ने ठेकेदारसँग रकम असुल गरी कच्ची भवन बनाएको, स्टोरमा हुने सामान र उपकरण खरिदमा नाजायज फाईदा लिँदै कलेजको जग्गा भाडामा दिई आफुले फाईदा लिएको र अस्पताललाई हानी पुर्याएको ठहर गर्दै मंगलबार उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रका अनुसार भुर्तेलले पदमा छँदा आफ्नो सेयर रहेको मौला कालिका अस्पतालमा पाठेघरको अप्रशेन गर्दै गैह्रकानुनी रुपमा रकम असुल गरेका थिए । सार्वजनिक पदमा रहँदा भुर्तेलले भरतपुर–११मा बंगला, चितवन मेडिकल कलेजमा ६७ लाखेको शेयर लगानी, कलंकीमा बंगला, नवलपरासीको गैंडाकोट लगायतका स्थानमा चलअचल सम्पती आर्जन गरेको भन्दै अख्तियारले दुई करोड ६३ लाख बिगो माग दावी गरेको छ । पदमा बहाल रहँदा भुर्तेलले आफ्नी श्रीमती रुक्मणी भुर्तेलको नाममा पनि स्रोत नखुलेको चलअचल सम्पतीहरु राखेको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण