तारा एयरको विमान दुर्घटनामा परेका १५ को शव यसरी भयो पहिचान
पोखरा–गत वुधबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २३ जना मध्ये १५ जनाको शव पहिचान भएको छ । मृतक पोखरा फूलवारीका मुक्तिनाथ वास्तोलाको ट्राउजरबाट, अहमद रसिदको ज्याकेटबाट, रेवतीप्रसाद वरालको औंठीबाट, वालकृष्ण न्यूरेको ज्याकेटबाट, डिकेस नेमकुलको ज्याकेटबाट, मतिवहादुर केसीको एसपी व्रसलेटबाट, कृष्णलाल विनिता भट्टचनको शारीरिक वनावटबाट, दुई बालबालिकाको उमेरका आधारमा, क्याप्टेन रोशन मानन्धरको अनुहारको आधारमा, कमला थकालीको शरीरको उचाईको आधारमा राजकुमार तामाङको अनुहारको आधारमा, डोल्मा तासिङ शेर्पाको अनुहारको आधारमा शव पहिचान भएको हो । बाँकी ८ जनाको पहिचान हुन नसकेको अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख एसएसपी महेन्द्र कुमार पोखरेलले जानकारी दिएका छन् । चिनियाँ नागरिक माक्सु इन, दिलकुमारी गौचन, फेनजक गुरुङ, लक्ष्मीप्रसाद हिराचन, कान्छा परियार, पवित्रा केसी, देवीजंग गुरुङ र लेप्साङ लामाको पनि शव पहिचान हुन नसकेको पोष्टमार्टममा संलग्न चिकित्सकले जनाएका छन् । पहिचान भएका शव आफन्तले वुझिसकेका छन् । पहिचान नखुलेका शवहरु डीएनए परीक्षण गरी आफन्तलाई बुझाइने जनाइएको छ । विहीवार हेलीकोप्टरमार्फत पोखरा ल्याईएका शव गण्डकी अस्पतालको शवगृहमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण