ब्रसेल्स आक्रमणमा मृत्य हुनेको सङ्ख्या ३१ पुग्यो
ब्रसेल्स, -बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल लगायतका ठाँउमा मङ्गलबार बिहान गराइएका शक्तिशाली विस्फोटमा परी कम्तिमा बीस जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका स्थानीय नगर प्रमुख यभान मेइयूरले मालभिक स्टेशनको दृष्य बताए । घाइतेमध्ये कतिपयको अत्यन्तै गहिरा चोट लागेकोले मृतक सङ्ख्यामा अझै वृद्धि हुनसक्ने मेइयूरले बताए । त्यस्तै, ब्रसेल्सको विमानस्थलमा भएका दुई अन्य विष्पोटमा ११ जनाको मृत्यु भएको र दुवै ठाउँमा गरी जम्मा ३१ जनाको मृत्यु भएको प्राप्त समाचारमा उल्लेख छ । मङ्गलबार बिहान दुई वटा शक्तिशाली विस्फोट भएका थिए । विमानस्थलको टर्मिनल भवनबाट धुवाँ उडिरहेको र त्यस घर वरिपरिको वातावरण अत्यन्तै तनावपूर्ण रहेको जानकारी ब्रसेल्सका टेलिभिजनहरुले देखाएका थिए । विमानस्थलमा सङ्कटकालीन अवस्थाको घोषणा गरी व्यापक मात्रामा प्रहरी परिचालन गरी थप घटना हुन र घटनामा सम्लग्न समूहको खोजी जारी राखिएको छ । रासस÷एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण