अस्ट्रेलियामा सिरुवा पावनी २०७३ मनाइदै
सिड्नी -हालै मात्रै सार्वजनिक गरिएको एउटा सर्वेक्षणले देखाइसकेको छ- नेपाली समूदाय अष्ट्रेलियामा निकै छिटो फस्टाइरहेको छ । उनीहरु आफ्नो भाषा, संस्कृति र चाडपर्वका बारेमा सचेत बन्ने र नेपालमा जस्तै यहाँ पनि यी चाडपर्व मनाउने क्रम बढ्दै गएको छ । । यसैक्रममा तराई क्षेत्रमा बसोबास गर्ने कोच जातिको ठूलो पर्व सिरुवा पावनी अष्ट्रेलियामा पहिलो पटक मनाउने तयारी गर्दैछ ।
आगामी १६ अप्रिलका दिन दिउँसो १ बजे देखि ५ बजे सम्म सिड्नीको एसफिल्ड पार्कमा यो पर्व मनाउन लागेको आयोजकले जानकारी दिएको छ । झापाली समाज अस्ट्रेलियाको पहलमा यो पर्व मनाउने तयारी गरिएको हो । कार्यक्रम निःशुलक हुने र बार्बिक्युसहित कोच जातिको परम्परागत परिकारहरु पनि पस्कने तयारीमा आफुहरु रहेको कोषाध्यक्ष राजवंशीले बताए । झापाका आदिवाशी कोच जातिले नयाँ वर्षमा चार दिनसम्म नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउने गर्दछन् । सिरुवा भन्नाले नयाँ वर्ष भन्ने बुझिन्छ भने पावनी भन्नाले पर्व बुझाउँछ । यो चाडलाई नेपालको पूर्वी तराईमा चार दिनसम्म मनाउने गरिन्छ । पूर्वी तराईका कोच जातिहरु त्यहाँका आदिवासी हुन् । उनीहरुकै भाषामा त्यहाँका अधिकांश ठाउँको नामाकरण पनि भएको छ । झापा जिल्लाकै नाम पनि कोच जातिकै लवजमा रहन गएको झापाली समाज अष्ट्रेलियाका कोषाध्यक्ष अजय राजवंशीले बताए ।
यस चाडमा चैत्र महिनाको अन्तिम दिन अर्थात् नयाँ वर्ष सुरु हुन् एक दिनअघि कम्तिमा पनि सात प्रकारका परिकारहरु बनाउने चलन छ र सो परिकार नयाँ वर्षको दिन खाने चलन छ । यसपछि लगातार तीन दिनसम्म क्रमशः हिलो माटो, पानी र रंग छ्यापाछ्याप गरेर यो पर्व मनाउने गरिन्छ । संचारकर्मी तथा समाजका सल्लाहकार कर्ण राजबन्शीका अनुसार यो चाड थाइल्याण्ड, कम्बोडिया, लाओस, म्यानमार र चीनको युनान प्रान्तमा पनि यसैगरी मनाउने गरेको बताए ।
जहाँ भए पनि आफ्नो संस्कार नभुलौं भन्ने उद्देश्यले झापाली समाजले कार्यक्रम गर्न लागेको झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दीपक खनालले बताए। नेपालका मौलिक चाडको संरक्षण गर्न नया पुस्ताले चासो दिनुपर्ने उहाँको भनाई छ । समाजका उपाध्यक्ष दीपक चुडालले झापा जिल्लालाइ मानव बस्न योग्य बनाउने त्यहाँका कोच जातिको पहिचान अभिबृद्धि र पर्वमा केही योगदान दिन सकेकोमा खुशी लागेको बताउनुभयो । झापाली समाजका संरक्षक दिनेश पोख्रेलले आफु सानैदेखि कोच जातिको संस्कारमा भिजेको भन्दै यसलाई थप प्रबद्र्धनका लागि अभियान नै चलाउनुपर्ने बताए । -सीता रसाइली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण