इक्वेडरको भूकम्पमा तीन क्युवाली चिकित्सकको मृत्यु
मङ्गलबार, ०७ वैशाख २०७३, २२ : ३०
हवाना, ७ वैशाख । इक्वेडरको तटीय क्षेत्रमा गत शनिबार गएको ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्पमा परी तीन क्युबाली चिकित्सकको मृत्यु भएको छ । क्युबाली स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ ।
मनाबी प्रान्तको पेडेर्नालेस् नगरपालिकामा रहेको एक भवन सो भूकम्पको कारण भत्किँदा त्यसमा परी तीन चिकित्सकको मृत्यु भएको स्थानीय टेलिभिजन च्यानल एटिभीले जनाएको छ । उनीहरु पार्थिव शरीर परिवारजनलाई बुझाइएको पनि सो मन्त्रालयले थप जानकारी दिएको छ । इक्वेडरमा सन् १९७९ पछि आएको यो शक्तिशाली भूकम्पमा परी ४१३ भन्दा बढी व्यक्तिले ज्यान गुमाउनुको साथै २ हजार भन्दा बढी घाइते भएका छन् । त्यसैगरी यस भूकम्पको कारण लाखौ अमेरिकी डलर बराबरको धनजनको नोक्सानी भएको जनाइएको छ । सन् १०१३ मा क्युबा र इक्वेडरबीच भएको द्वीपक्षीय सम्झौताअनुसार क्युबाले ७ सय भन्दा बढी स्वास्थ्य विशेषज्ञहरु इक्वेडरमा पठाएको थियो । हाल इक्वेडरमा बाँकी रहेका क्युबाली स्वास्थ्य अधिकारीहरु सकुशल रहेका र उनीहरु भूकम्प उद्धारकार्य लागेका पनि मन्त्रालयले जानकारी दिएको छ । रासस÷सिन्ह्वाखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण