स्लोभाक प्रधानमन्त्रीको मुटुको शल्यक्रिया, अवस्था स्थिर
शुक्रबार, १० वैशाख २०७३, २२ : १२
ब्राटिस्लाभा (स्लोभाकिया), १० वैशाख । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको शुक्रबार बिहान मुटुको सफल शल्यक्रिया भएको नेसनल इन्स्टिच्युट अफ कार्डियो भास्कुलर डिजिज, ब्राटिस्लाभाले जनाएको छ ।
उहाँको अवस्था अहिले स्थिर रहेको अस्पतालका प्रमुख मङली एभसोलीले बताउनुभयो । अस्पतालले उहाँको स्वास्थ्यस्थितिबारे विस्तृत जानकारी नदिएको तर स्थानीय सञ्चारमाध्यमका अनुसार उहाँको तेहरो बाइपास शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री फिकोलाई अस्पतालमा लगिँदा उहाँलाई हृदयघात भएर अस्पताल भर्ना गरिएको भन्ने सञ्चारमाध्यमको दाबीलाई उहाँका डाक्टरले पुष्टि गरेका थिएनन् । मार्चमा भएको संसदीय निर्वाचनमा फिकोको दलले १५० मध्ये ४९ सिट जितेपछि उहाँको दलको नेतृत्वमा सरकारको गठन भएको छ । उहाँले यस पहिले दुई पटक सरकारको नेतृत्व गरिसक्नुभएको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण