पेस्तोल भिरेका युवा चप्पल कारखानाबाट समातिए
बुधबार, १५ वैशाख २०७३, २० : ४२
काठमाडौं– लमजुङका विवेक गुरुङ कटुवा पेस्तोल सहित पक्राउ परेका छन् । बुधबार साँझ काठमाडौंको चप्पल कारखाना नजिकै गणेश बस्तिबाट पक्राउ परेका गुरुङको साथबाट एकथान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने तिन राउण्ड गोली बरामद गरिएको महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी विश्वमणी पोखरेलले जानकारी दिए ।
प्रहरी वृत महाराजगञ्जबाट खटिएको टोलीले गुरुङको साथबाट उल्लेख्य मात्रामा लागुऔषध समेत बरामद गरेको छ । उनको साथबाट २५ थान डाईजेपाम, २५ थान फेनारागन र २४ थान नर्फिम बरामद गरिएको प्रहरीले जनाएको छ ।
लमजुङको मालिङ स्थायी घर भएका २६ बर्षिय गुरुङ विगत १६ बर्षदेखी काठमाडौं बस्दै आएका थिए । उनलाई हातहतियार खरखजाना तथा लागुऔषध कारोवारको मुद्धा चलाईने डिएसपी पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण