एकै घरका चार जनाको सामुहिक अन्तेष्टि
सोमबार, २७ वैशाख २०७३, ०८ : २५
ओपेन्द्र बस्नेत, दाङ प्यूठानमा खहरेखोलाले बगाउँदा मृत्यु भएका दाङका एकै घरका चार जनाको आइतवार उरहरीको बबईनदिमा सामुहिक अन्तेष्टि गरिएको छ । उक्त दुर्घटनामा एकै परिवारका आमा, छोरा र दुइ जना नातिनीको सामुहिक अन्तेष्टि गरिएको हो । सामुहिक अन्तेष्टि स्थलमा पुगेका अधिकाँस मलामीको आँखामा आँसु भरिएको थियो । मृतक ६५ वर्षीया दुवा खनालका कान्छा छोरा नारायण खनालले लक्सरै राखेका चारवटा चितामा दागवत्ति दिएका थिए । आमा छोरा र दुई जना नातिनीको सामुहिक अन्तेष्टि कार्य निकै कारुणिक थियो । स्वर्गद्धारी प्रभुको दर्शनमा गएका एकै परिवारका चार जनाको मृत्यु भएपछि उरहरी गाउँ शोकमा डुवेको छ ।
स्वर्गद्धारी प्रभुको दर्शनका लागि प्यूठान गएका दाङ तुलसीपुर १९ उरहरीका ६५ वर्षीया दुवा खनाल, उहाँका ५० वर्षीय छोरा सुकदेव खनाल नातिनी १९ वर्षीया विमला खनाल र १२ वर्षीया अस्मिता खनालको आइतवार उरहरी स्थित बबई नदि घाटमा सामुहिक अन्तेष्टि गरिएको हो । दुर्घटनामा परेका मध्ये दुवा खनालको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो भने अन्य तीन जनाकोे घटना स्थलमै मृत्यु भएको राप्ती अंचल प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता तुलवहादुर कार्कीले बताए । स्वर्गद्धारी प्रभुको दर्शन गरेर घरतर्फ फर्कदै गर्दा प्यूठानको भिंगृ–१ स्थित मुहान खोलाले शनिवार दिउँसो उनीहरु सवार बा १४ च ३८३९ नम्वरको स्कारपीओ जिपलाई बगाउँदा उक्त दुर्घटना भएको थियो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण