दुई थोपा हाँसो लिएर मनोज दुबईमा
यूएई – सिस्नोपानी नेपालको श्रममुखी कार्यक्रम ‘दुई थोपा हाँसो’ लिएर हास्यब्यङ्य कलाकार मनोज गजुरेल युएई आउने भएका छन् ।
हास्यब्यङ्य कलाकार मनोज गजुरेलसँगै व्यङ्ग्यकवि टंक आचार्य र योगगुरु डा. राजु अधिकारीको टोली युएई आईपुग्ने आयोजक एनआरएनए युएइका युवा संयोजक निश्चल दाहालले जानकारी गराए । दोस्रो पटक भम्रण गरेका उनीहरूले गत जनवरीमा युएईका विभिन्न श्रमिक क्याम्पहरुमा गएर आफ्नो पहिलो प्रस्तुती देखाएका थिउ ।
उक्त कार्यक्रममा सहसंयोजक समेत रहेका दाहालका अनुसार आउँदो २६ तारिक बिहीबार जेबलअलीको पार्को मार्केट छेउमै रहेको एक विशाल लेबर क्याम्पमा सिस्नुपानीको पहिलो प्रस्तुति रहनेछ । भने २७ मे, शुक्रबारका दिन रस अल खैमहको अल घैलस्थित एक लेबर क्याम्पमा दिउँसोको समयमा सोही कार्यक्रम आयोजना हुनेछ । सोही ठाउँमा साँझमा दुबईको अलकोजको अल खेल गेटछेउमै रहेको एम्रिल क्याम्पमा मनोज गजुरेलको टोलीले प्रस्तुति दिनेछन् । टोलीले २८ तारिक शनिबार बेलुकी ८ बजे टाश कम्पनी अजमानमा आफ्नो प्रस्तुती दिनेछन् । कार्यक्रममा नेपालीहरु निःशुल्क सहभागी हुन सक्नेछन् ।
सिस्नुपानी नेपालको उक्त कार्यक्रमलाई यूएईव्यापी बनाउनका लागि यूएईका सबै क्रियाशील नेपाली संघसंस्थाहरुलाई सहयोगको लागि अनुरोध गरिएको एनआरएनए युएईका अध्यक्ष सुदीप कार्कीले बताएका छन् । एनआरएनए युएईले दुई थोपा हाँसो कार्यक्रमले घरबाट टाढा रहेका कामदारहरुको मुहारमा थोरै भए पनि खुसी ल्याउने आशा लिएको कार्कीले बताए । कार्यक्रमको लागि झापाली समाज युएईलगायत विभिन्न संघसंस्थाहरुले सहयोग गरिरहेका जानकारी युवा संयोजक दाहालले बताएका छन् ।
कार्यक्रममा स्पोन्सरले प्रदान गर्ने रकम र स्वतस्फुर्त रुपमा उठेको रकम नेपालका विभिन्न भागमा भएका अग्निपीडितहरुको सहयोगमा खर्च गरिने एनआरएनए युएईले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण