वैद्यनिकट विद्यार्थी संगठनको आरोप, ‘बाहिरियाको निर्देशनमा पार्टी फुटाइयो’
काठमाडौं – मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले बाहिरियाको निर्देशनमा रामबहादुर थापा ‘बादल’ ले पार्टी फुटाएको आरोप लगाएको छ । कार्यवाहक अध्यक्ष सेवन्त राज भण्डारीले विज्ञप्ति जारी गर्दै सो अरोप लगाएका हुन् ।
संगठनबाट तत्कालिन अध्यक्ष रत्न ढकाल, उपाध्यक्षहरु विरेन्द्र बस्नेत र खुशीराम चौधरी तथा महासचिव उत्तम अधिकारी पनि नेकपा माओवादी केन्द्रमा सामेल भएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘बादल गुटले बाहिरियाको निर्देशनमा पार्टी फुटाई अनुशासन, पद्दति र प्रक्रिया मिची वैचारिक विचलनका साथ एमाओवादीसँग पार्टी बिलय गर्ने निर्णयमा हाम्रो संगठन घोर विरोध गर्दछ ।’ संगठन छाड्ने विद्यार्थी नेताहरुमाथि सैद्धान्तिक र वैचारिक विचलनको आरोप लगाउँदै उनीहरुमाथि दक्षिणपन्थी नवसंशोधनवाद परस्त अवसरवादी पुच्छरवादी प्रवृत्ति देखाएको आरोप समेत लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण