मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने
काठमाडौँ - खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको परियोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा ल्याउन सकिने जनाएको छ ।
उक्त परियोजनाबाट काठमाडौँ उपत्यकामा पानी आउन सुरु भएपछि यहाँको बढ्दै गएको पानीको मागलाई पूरा गर्न सकिनेछ । अहिले दैनिक करिब २६ करोड लिटर पानीको माग भए पनि आठ करोड लिटर मात्र आपूर्ति हुने गरेको छ । सर्वसाधारणले काठमाडौँ उपत्यका तथा नजिकका नदी, खहरे, खोलालगायत स्थानबाट ट्याङ्करमा आयात र जमिनमुनिको स्रोतबाट नपुग पानीको व्यवस्थापन गरेका छन् ।
मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद सुवेदीले करिब एक दशकभन्दा लामो समयदेखि जारी आयोजना अब एक वर्ष भित्रमा सम्पन्न गर्ने गरी संरचना निर्माण भइरहेको जानकारी दिए ।
उनले मेलम्चीको सुरुङ्ग बलियोसँग निर्माण गर्नका लागि सुरुङ्ग क्षेत्रका विभिन्न स्थानमा दक्ष र अनुभवी प्राविधिक जनशक्तिले छिटो र छरितो कार्य गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण