बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधबार, १२ जेठ २०७३, ११ : ०४
बुधबार, १२ जेठ २०७३
लहान - पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित सडकमा गएराति पिकअपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ च ८७५ नम्बरको पिकअपको ठक्करबाट स्थानीय ६० वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । राति ९ बजेतिर पिकअपले ठक्कर दिँदा गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि लहानतर्फ पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने पिकअप तथा त्यसका चालकलाई इलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप