कतारको भूमिमा जनयुद्धका जगतबहादुरको पीडा
कतार - मुलुक परिवर्तन र विकासको सपना बुन्दै विभेदपूर्ण समाजको अन्त्यका लागि न्याय र समनताको पक्षमा आवाज उठाउँदै युवा अवस्थाबाटै राजनीतिमा सक्रिय रहेका बाग्लुङ नपा–९, बाग्लुङका जगतबहादुर विश्वकर्मा २०५३ सालमा माआवादीको सक्रिय राजनीतिमा सङ्गठित सदस्य हुँदै युद्धमा सक्रिय रहेका थिए ।
अहिले कतारको चर्को गर्मीसँगै स्टिल तथा तातो फलामको काम गर्दै विगतलाई सम्झने उनका क्रान्तिका सपना मरुभूमिमा छरिएका छन् । विश्वकर्मा जनयुद्धकै क्रममा बाग्लुङमा दुई महिना हिरासतमा रहँदा प्रहरीकोे यातना भोगेर कष्टकर जीवनबाट बाँचे पनि युद्धमा लागेर सहिद र बेपत्ता परिवारको सपना तुहिएकोमा निकै दुखित छन् । ४७ वर्षे विश्वकर्मा पार्टी सरकारमा गयो, अवसर टाठाबाठाकै लागि भयो तर हामी अशिक्षित र वृद्धका लागि कुनै योजना नल्याएकोमा दुखेसो गरे ।
बालबच्चाको लालनपालन र शिक्षा दिनका लागि भए पनि १४ वर्षदेखि प्रवासमा सङ्घर्ष गरेको उनले बताए । युद्धको समयमा उनी विशेषतः हतियार, बन्दुकलाई गन्तव्यमा पु¥याउने, कार्यकर्तालाई सेल्टर दिने, खान–बस्नको व्यवस्था गर्ने र छापामारलाई जेलमा रहेका र निस्किएकालाई भगाउन अहोरात्र खटिन्थे । त्यसैले उनी पटक पटक प्रहरीको निसानामा रहिरहन्थे र परिवारले समेत यातनाको सिकार हुनुपर्दथ्यो ।
कतार प्रवेशसँगै उनी पार्टी आस्थावान् निकट रहेर जनप्रगतिशील मञ्चको स्थापनामा समेत सक्रिय रहेका थिए । हाल मुटुसम्बन्धी विमारले च्याप्दै जाँदा उनी महिनाभरिको कमाई आफैँलाई औषधि उपचार गर्दा ठिक्क भएको भन्दै भक्कानिए । दलितको अधिकार प्राप्ति हुनेछ भन्ने लागेर नै मनमा ठूलो आशा पलाएको थियो त्यो बेला, तर आज नेताहरु नै तितर बितर हुँदा पार्टीले जनभावना बुझ्न नसकेकोमा आफू निराश भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण