बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कान्छो छोरा बनाई भारतीयलाई नागरिकता दिने महिला पक्राउ

बुधबार, १२ जेठ २०७३, ११ : ०९
बुधबार, १२ जेठ २०७३

अर्घाखाँची - आफ्नो कान्छो छोरा भनी सुरज भट्टराईको नाममा भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय युवालाई कान्छो छोरा भनी कीर्ते नागरिकता प्रदान गरेको आरोपमा हंसपुर–८ निवासी ६० वर्षीया हिमकला भट्टराईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताए ।

जसले नागरिकताका लागि कान्छो छोरा भनी सिफारिस ग¥यो, उनैको छोरी भगाएर फरार भएपछि थाहा भयो कि उनी भारतीय नागरिक रहेछन् । छोरीसमेत भगाएर नागरिकता लिएर फरार भएको थाहा पाएपछि गाविस सचिव कमल पोख्रेलले नै कीर्ते गरी नागरिकता लगेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गर्दै उजुरी गरेका थिए ।

गाविस सचिवको उजुरीका आधारमा महिलालाई पक्राउ गरेको प्रहरीको भनाइ छ । कीर्ते गरी नागरिकता लिएर भागेका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप