बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली रोजगार कार्यक्रमः उपलब्धीहिन

बुधबार, १२ जेठ २०७३, ११ : १४
बुधबार, १२ जेठ २०७३

डोल्पा – आर्थिक अवस्था कमजोर भएकाहरुको जीवनस्तर उकास्ने उद्देश्यका केहि वर्षयता यहाँ कर्णाली रोजगार कार्यक्रम लागु गरिएको भएपनि यो कार्यक्रम उपलब्धीहिन भएको छ । तर, पछिल्लो समय कर्णाली रोजगार प्राविधिक सहायता कार्यक्रम (केप्टा) लागुभएपछि जीवनस्तरमा सुधारका संकेतहरु देखिएका छन् । कर्णाली रोजगार प्राविधिक सहायता कार्यक्रम (केप्टा) द्धारा कर्णाली रोजगारमा लगातार १५ दिनसम्म कामगर्ने सबैकामदारलाई निर्वाह ज्याला वितरण गरिएको छ । रोजगार कार्यक्रम अन्तर्गत भैतिक निर्माणका कार्यगर्दा एकातिर आफनै गाउँघरको विकासहुने र अर्को तिर बेरोजगारभई आफ्नो जीवनयापन गर्न कठिनाई भईरहेको अवस्थामा निर्वाह ज्याला वितरणपछि स्थानिय जनताहरु खुसि भएका छन् । छ गासिका ६ सय ८१ घरधुरीमध्ये त्रिपुराकोट र सुँ गाविसका २ सय ४७ घरधुरीलाई प्रतिघर रु ३ हजार ७ सय ५०का दरले निर्वाह ज्याला वितरण गरिएको केप्टा कार्यत्रमका संयोजक हंश राज न्यौपानेले बताए । बाँकी जुफाल, रह, दुनै र माझफाल गाविसमा लगातार १५ दिन सम्मको काम सम्पन्न नगरेकाले वितरण नगरिएको न्यौपानेले बताए । काम सम्पन्न भएपछि वितरण सुरु गरिने समेत उनले जानकारी दिए । अहिले डोल्पामा यार्सागुम्वा टिप्न जाने चटारो रहेको र यार्सा टिप्न जाँदा वनलाई तिर्नुपर्ने रोयल्टी नपाएर चिन्तीत कामदारहरु सो निर्वाह ज्याला पाएसंगै सहज अनुभव भएको त्रिपुराकोटको स्थानिय लवचन्द्र रोकायले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप