बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यरातमा एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा तोडफोड

बुधबार, १२ जेठ २०७३, ११ : ५७
बुधबार, १२ जेठ २०७३

काठमाडौं– ललितपुरको एकान्तकानास्थित यातायात व्यवस्था विभाग बागमती अञ्चल कार्यालयमा तोडफोड भएको छ ।

अज्ञात समुहले गएराती  कार्यालयमा तोडफोड गरेको व्यातायात व्यवस्था विभागका प्रमुख चन्द्रमान श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । तोडफोड कार्यालयमा झ्यालका सिसाहरु फुटेका छन् ।

हिजो कार्यालय परिसरबाट प्रहरीले २६ दलाललाई पक्राउ गरेकाले त्यसको विरोधमा रहेका दलालहरुले नै मध्यरातमा कार्यालयमा तोडफोड गरेको हुन सक्ने प्रमुख श्रेष्ठले बताए ।

कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुःख दिने, मोलमोलाई गर्ने पुरुष १९ जना र महिला ७ जना गरी २६ जना दलाललाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले तोडफोडबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो पनि पढ्नुहोस् 

सेवाग्राहीलाई लाइन बसाएर कता वेपत्ता भए यातायातका हाकिम ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप