बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौंबाट भारततर्फ सुन तस्करी, एक किलो सुनसहित भैरहवाबाट २ भारतीय पक्राउ

बुधबार, १२ जेठ २०७३, १२ : ३५
बुधबार, १२ जेठ २०७३

भैरहवा- अवैध एक किलो सुनसहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्रको राजश्व तथा भन्सार सुरक्षा गुल्मबाट खटिएको टोलीले चेकजाँचको क्रममा भैरहवास्थित आँखा अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिहार मोतीहारीका हरिओम कुमार र सुजीत कुमार रहेको डिएसपी शंकर खनालले जानकारी दिए ।

उनीहरु काठमाडौंबाट भारतर्फ सो सुन लैजाँदै गर्दा पक्राउ परेका हुन् ।

बरामद सुनको बजार मूल्य ४७ लाख ६६ हजार ५ असी रहेको बताइएको छ ।

पछिल्ले समय विदेशबाट नेपाल सुन भित्रने र नेपाल हुँदै भारततर्फ सुन तस्करी हुने गरेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप