अफगान तालिवानद्वारा नयाँ नेताको घोषणा
काबुल – ड्रोन हमलामा मारिएका मुल्लाह अख्तर मनसुरको स्थानमा अफगानिस्तानको तालिवानले नयाँ नेताको चयन गरेको छ । एक वक्तव्य जारी गर्दै मनुसर मारिएको पुष्टि गर्दै मौलावी हैबातुल्लाह अखुन्डजाडालाई नयाँ नेता घोषणा गरिएको हो ।
मौलावी लडाकुभन्दा पनि धार्मिक गुरु तथा तालिवानी अदालतको पूर्व प्रमुखको रुपमा चिन्छिन् । तालिवानले जारी गर्ने फतवाहरुमा उनीनै जिम्मेवार थिए । उनको उमेर ४५ देखि ५० वर्षको बीचमा भएको बताइएको छ ।
अफगानिस्तानको सशस्त्र विद्रोही संगठनले बुधबार नेता मुल्लाह अख्तर मन्सुरमा मारिएको समाचारको पुष्टि गरेको थियो । उनीहरुले आफ्नो वेभसाइटमा सो समाचारको आधिकारिकताको समाचार राखेका छन् ।
अमेरिकी सेनाको हवाई कारबाहीका क्रममा मुल्लाह पाकिस्तानमा मारिएका हुन् । उनको हत्याको समाचार अमेरिकी सेनाले दिएको थियो ।
गतहप्ता भएको सो घटनाको पुष्टि हुन भने बाँकी थियो । सो समाचारको पुष्टि हुन बाँकी रहेको भनी अफगान सरकारले सुरुमा प्रतिक्रिया दिएको थियो । तर पछि लगत्तै उसले सो समाचारको पुष्टि गरेको थियो ।
उता अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने सो समाचारको गतहप्ता नै पुष्टि गरेका थिए । तर अफगान तालिवानहरुको संगठनले भने आधिकारिक रुपमा सो समाचारका बारेमा कुनै प्रतिक्रिया दिएको थिएन ।
यसअघि मुल्लाहको मृत्यु अफगानिस्तानमा शान्ति स्थापनाका लागि एक महत्वपूर्ण उपलब्धि भएको टिप्पणी अमेरिकी राष्ट्रपति ओबामाले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण