एक सय ३१ महिला हिंसामा १० प्रतिशतको हत्या
काठमाडौँ - महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले वैशाख महिनामा मुलुकभर १३१ महिला हिंसाका घटना भएको जनाएको छ । ओरेकले सार्वजनिक गर्ने मासिक प्रतिवेदनअनुसार नेपालभर महिलामाथि हुने विभिन्न हिंसाका १३१ घटना भएको र त्यसमध्ये २९ घटना पत्रपत्रिकाबाट लिइएको थियो । प्रतिवेदनमा महिला हिंसाका घटनामध्ये ६० प्रतिशत घटना तराईमा घटेका छन् भने पहाडी क्षेत्रका ३१ र हिमाली क्षेत्रको ९ घटनालाई लिइएको हो । महिलामाथि भएका हिंसामध्ये ३५ प्रतिशत महिला तथा किशोरीमाथि शारीरिक हिंसा र ३१ प्रतिशतमाथि मानसिक हिंसा भएको थियो । हिंसामा परेका १० प्रतिशत महिलाको भने हत्या भएको थियो । यसैगरी ६ प्रतिशत महिला बलात्कारमा परेका थिए भने ५ प्रतिशत महिला यौनजन्य हिंसा र २ प्रतिशत महिलामाथि बलात्कार प्रयास भएको थियो । प्रतिवेदनले आफ्नानजिकका आफन्त, नातेदारबाट हिंसामा पर्नेको सङ्ख्या ५६ प्रतिशत देखाएको छ । हिंसामा पर्नेमध्ये १६ प्रतिशत परिवारका सदस्यबाट, ९ प्रतिशत छिमेकीबाट, २ प्रतिशत शिक्षकबाट र १४ प्रतिशत अन्य (साथी, प्रेमी) बाट हिंसापीडित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण