मनपरी शुल्न लिने १३ विद्यालय : कारवाही गर्न १४ विद्यार्थी सङ्ठनको माग
काठमाडौँ - नेवि सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अखिल क्रान्तिकारीलगायत १४ विद्यार्थी सङ्ठनले संयुक्तरुपमा संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ कार्यान्वयन नगर्ने विद्यालयलाई कारबाही गर्न माग गरेका छन् ।
ती विद्यार्थी सङ्गठनले संयुक्तरुपमा आज यहाँ पत्रकार सम्मेलन गरी काठमाडाँै, ललितपुर र भक्तपुरका १३ विद्यालयलाई कारबाही गर्न शिक्षा मन्त्रालयसित माग गरेका हुन् ।
विद्यार्थी सङ्गठनले रातो बङ्गला, डिएभी, लिटिल एन्जेल्स, आइडियल मोडेल, जेम्स, वृहस्पति, सिद्धार्थ वनस्थली, ग्यालेक्सी, एसएवि, अक्सिडेन्टल, मातृभूमि, राजश्री गुरुकुल लगायतलाई कारबाही गर्न माग गरेका हुन् ।
नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले दिएको जानकारी अुनसार ती विद्यालयमा अनुगमन गर्दा आर्थिक अपारदर्शी भएको पाइएको, कक्षा १ मा अधिकतम ३० हजारभन्दा बढी शुल्क उठाइएको, छात्रवृत्ति अनियमिता तथा अपारदर्शी भएको, अनावश्यक शीर्षकमा शुल्क लिइएको पाइएको, भौतिक संरचना मापदण्ड विपरित पाइएको जानकारी दिए।
सो निर्देशिकालाई तत्काल कार्यान्वयन गर्न आजै शिक्षामन्त्री गिरीराजमणि पोखरेलको ध्यानाकर्षण गराइने प्रवक्ता लामिछानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण