बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाजुरामा बाढीको कहर : दुईको मृत्यु, चार घाइते

बुधबार, १२ जेठ २०७३, १३ : १६
बुधबार, १२ जेठ २०७३
बाजुरा - बाजुरा जिल्लाको रुगिन गाविस–६ मा गएराति आएको बाढीले बगाएर दुई बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही वडाका १० वर्षीया निखील बुढा र ६ वर्षका दीर्घ बुढा रहेका छन् भने घाइतेको नाम आएको छैन । मङ्गलबार साँझ परेको पानीले कवाडी खोलामा आएको बाढीले त्यस बस्तीका ५० देखि ६० घर छाना बगाएको छ । हालसम्म क्षतिको विवरण आएको छैन । बाढीले स्थानीयको ३० बाख्रा, सात गाईसमेत बगाएको छ । ञसदरमुकाम मार्तडीबाट ३० कोष टाढाअर्थात् तीन दिनको पैदलदुरीमा रहेको छ । उद्धारका लागि बिच्छ्याँ प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप