प्रहरीद्वारा ५ लाख नगदसहित संगीतकार अम्बर गुरुङलाई सम्मान
काठमाडौँ– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले संगीतकार अम्बर गुरुङलाई बुधबार बुढानिलकण्ठ नगरपालिका–६ स्थित उनकै निवासमा नगद ५ लाख सहित सम्मानपत्रद्धारा सम्मान गरेका छन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले मुर्धन्य संगीतकारले दिएको योगदानको कुनै रकमसंग तुलना नहुने बताउँदै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरे । सो अवसरमा उनले गुरुङको परिवारलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न नेपाल प्रहरी तत्पर रहेको समेत बताए ।
संगीतकार गुरुङले आफ्नो सम्पूर्ण जीवन संगीत साधनामा बिताएको स्मरण गर्दै प्रशंसा र सम्मान दिएकोमा नेपाल प्रहरीप्रति हार्दिक आभार व्यक्त गरे ।
विगत लामो समयदेखि आप्mनो निरन्तर साधनाको माध्यमबाट नेपाली संगीतको क्षेत्रमा बिशेष योगदान दिई विभिन्न गीतिनाटक तथा कालजयी गीतहरुलाई संगीतले सिंगार्नु भएका गुरुङले मुलत ः नेपालको राष्ट्रिय धुन सिर्जना गरी नेपाली राष्ट्रियतालाई उचाईमा पु¥याउने दिशामा अतुलनीय योगदान दिएका छन् ।
गुरुङको विशिष्ट साधनाबाट भविष्यमा नेपाली संगीतको फाँट अझै फराकिलो र समुन्नत बन्दै जाने विश्वासका साथ सुस्वास्थ्य एवं दीर्घजीवनको कामना सहित जेष्ठ ५ गतेको नेपाल प्रहरीको पि.सि.सि. बैठकको निर्णय अनुसार गुरुङलाई सम्मान पत्रसहित स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको हो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु लगाएत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण