बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घरेलु मदिराले एकको ज्यान लियो दुई बिरामी

बुधबार, १२ जेठ २०७३, १३ : २५
बुधबार, १२ जेठ २०७३
रुकुम - घरेलु जाँड खाँदा रुकुमको मुसिकोट नगरपालिका–३ राउखेत बजारका एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् । गत शुक्रबार बिहान ९ बजे घरेलु जाँड खाएकी ३५ वर्षीया प्रेमकुमारी खड्काको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा ज्यान गएको हो । यस्तै जाँड खाएकी त्यही ठाउँकी ४५ वर्षीया लालकुमार खत्री र ५५ वर्षका शशीराम खड्का गम्भीर बिरामी परेका छन् । बिरामी लालकुमारीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने शशीरामलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । प्रेमकुमारी र लिलाकुमारीलाई दिउँसो १ बजेतिर जिल्ला अस्पताल पु¥याइएको थियो । शशीराम भने आफैँ अस्पताल पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप