बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'दुई थोपा हाँसो' लिएर मनोज दुबईमा

बुधबार, १२ जेठ २०७३, १३ : ४३
बुधबार, १२ जेठ २०७३

यूएई– सिस्नोपानी नेपालको श्रममुखी कार्यक्रम ‘दुई थोपा हाँसो’ लिएर हास्यब्यङ्य कलाकार मनोज गजुरेल युएई आउने भएका छन् ।

हास्यब्यङ्य कलाकार मनोज गजुरेल सँगै व्यङ्ग्यकवि टंक आचार्य र योगगुरु डा राजु अधिकारीको टोली बुधबार  युएई आईपुग्ने आयोजक एनआरएनए युएइका युवा संयोजक निश्चल दाहालले जानकारी गराए । दोश्रो पटक भम्रण गरेका उनीहरूले गत जनवरीमा युएईका बिभिन्न श्रमिक क्याम्पहरुमा गएर आफ्नो पहिलो प्रस्तुती दिएको थियो ।

उक्त कार्यक्रममा सहसंयोजक समेत रहेका दाहालका अनुसार आउँदो  २६ तारिक बिहीबार जेबलअलीको पार्को मार्केट छेउमै रहेको एक बिशाल लेबर क्याम्पमा सिस्नुपानीको पहिलो प्रस्तुति रहनेछ । भने २७ मे, शुक्रबारका दिन रस अल खैमहको अल घैल स्थित एक लेबर क्याम्पमा दिउँसोको समयमा सोही कार्यक्रम आयोजना हुनेछ भने सोही साँझमा दुबईको अलकोजको अल खेल गेटछेउमै रहेको एम्रिल क्याम्पमा मनोज गजुरेलको टोलीले प्रस्तुति दिनेछ । टोलीले २८ तारिक शनिबार बेलुकी ८ बजे टाश कम्पनी अजमानमा आफ्नो प्रस्तुती दिनेछ । कार्यक्रममा नेपालीहरु निःशुल्क सहभागी हुन सक्नेछन् ।

सिस्नुपानी नेपालको उक्त कार्यक्रमलाई यूएईव्यापी बनाउनका लागि यूएईका सबै क्रियाशील नेपाली संघसंस्थाहरुलाई सहयोगको लागि अनुरोध गरिएको एनआरएनए युएईका अध्यक्ष सुदीप कार्कीले बताएका छन । एनआरएनए युएईले दुई थोपा हाँसो कार्यक्रमले घरबाट टाढा रहेका कामदारहरुको मुहारमा थोरै भए पनि खुशी ल्याउने आशा लिएको कार्कीले बताए । कार्यक्रमको लागि झापाली समाज युएई लगायत बिभिन्न संघसंस्थाहरुले सहयोग गरिरहेका जानकारी युवा संयोजक् दाहालले बताएका छन ।

कार्यक्रममा स्पोन्सरले प्रदान गर्ने रकम र स्वतस्फुर्त रुपमा उठेको रकम नेपालका विभिन्न भागमा भएका अग्निपीडितहरुको सहयोगमा खर्च गरिने एनआरएनए युएईले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप