बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफ्नै छोरी बेच्ने र बलात्कार गर्न खोज्ने पक्राउ

बुधबार, १२ जेठ २०७३, १३ : ५३
बुधबार, १२ जेठ २०७३
धादिङ - आफ्नै छोरीलाई ललाइफकाइ दलालको हातमा बिक्री गर्न लागेका नुवाकोट जिल्ला उर्लेनी बस्ने ४८ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरी मङ्गलबार साँझ जिल्ला अदालतमा पेस गरेको छ । झापा जिल्ला दमक नगरपालिका–११ का ४३ वर्षीय प्रकाशकुमार आचार्यसहितलाई प्रहरीे पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जीयारले जानकारी दिनुभयो । आचार्यमार्फत विदेश बेच्न लान लागेको आशङ्कामा धादिङको नौबिसेबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दियो । अभियुक्त दुवैलाई मानव बेचबिखनअन्तर्गत मुद्दा चलाइने प्रहरीे जनाएको छ । यसैगरी ४ वर्षीया एक धर्मपुत्रीलाई बलात्कार गरेको आरोपमा कुम्पुर गाविस–४ का ४८ वर्षीय एक जनालाई मङ्गलबार प्रहीले पक्राउ गरेको छ । पटकपटक बलात्कार गरेकोे पीडित बालिकाले आमालाई भनेपछि अभियुक्त बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालये जानकारी दिएको छ । अभियुक्त बाबुलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप